फुल्पिङकट्टी पहिरो : बेपत्ता पाँचै जनाको शव फेला – Janata Live
  • Saturday, August 8, 2020

फुल्पिङकट्टी पहिरो : बेपत्ता पाँचै जनाको शव फेला

  • जनता लाइभ
  • साउन १४, २०७७

फुल्पिङकट्टी पहिरो : बेपत्ता पाँचै जनाको शव फेला

सिन्धुपाल्चोक, १४ साउन । सिन्धुपाल्चोकको भोेटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

साउन १ गते राति पहिरोले घर पुरेर बेपत्ता भएका दुई जनामध्ये ८४ वर्षीया सोमबुटी शेर्पा र उनकी ४८ वर्षीया छोरी सेमसाङ शेर्पाको १४ दिनपछि आज शव फेला परेपछि मृतकको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

माथिबाट आएको पहिरोले स्थानीय ग्याल्जेन शेर्पाको घर बगाएपछि उनकी आमा, श्रीमती, बहिनी र दुई छोरीसहित पाँच जना पुरेको थियो । घरमुली शेर्पा भने राजधानीमा बस्दै आएकाले पहिरोबाट जोगिएका थिए ।

दैनिक पानी परिरहेकाले माथिबाट लगातार लेदो माटो झर्ने क्रम जारी रहेकाले शव निकाल्न लामो समय लागेको वडाध्यक्ष सानदोर्जे शेर्पाले बताए । पहिरोबाट एक विद्यालयसहित तीन घर पुर्नुका साथै २४ घर उच्च जोखिममा परेका छन् । विस्थापित १६२ जनालाई विभिन्न सुरक्षित स्थानमा राखिएको वडाध्यक्ष शेर्पाले बताए ।

Loading...
Loading...
Loading...

आमाकै सहमतिमा ल्याएको शिशुलाई बालगृहले बेवारिसे भनेर भाइरल बनायो

काठमाडौं, २१ साउन । कार्टुनमा प्याक गरेको अवस्थामा कपनको चौरमा अलपत्र फेलापरेको भनिएको शिशु आमाकै सहमतिमा बालगृहको जिम्मा लगाइएको खुलेको...

काठमाडौं उपत्यकामा थपिए ५१ जना संक्रमित, उपत्यकामा संक्रमितको संख्या ६८५ पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २० हजार ७५० पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न...

पूर्व जर्नेलकी छोरीले चिठी लेखेर संसार छाडेपछि…

काठमाडौं– पूर्व दुईतारे जर्नेल डा. पूर्ण सिलवालको घरलाई अहिले एउटा असह्य बेदनाले घेरेको छ । घर सुनसान थियो । बाथरुम...

पछिल्लो २४ घन्टामा थप ३१५ जना कोरोना संक्रमित

काठमाडौं, १७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा...

भारत र चीनका नागरिक भन्दा नेपाली धेरै खुसी

काठमाडौं, १७ साउन । -नेपालमा हजारमा २८ बालबालिकाको मृत्यु पाँच वर्ष नपुग्दै हुन्छ । -सयमा २४ बालबालिका तौल नपुगेर लिखुरे...

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

काठमाडौं – लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ। विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर...

काठमाडौं उपत्यकामा पुनः ३८ संक्रमित थपिए, सभा सम्मलेन नगर्न स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं, १६ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । आज...