मोटा व्यक्तिका लागि कोरोना संक्रमण थप खतरनाक – Janata Live
  • Saturday, August 8, 2020

मोटा व्यक्तिका लागि कोरोना संक्रमण थप खतरनाक

  • जनता लाइभ
  • साउन ११, २०७७

मोटा व्यक्तिका लागि कोरोना संक्रमण थप खतरनाक

एजेन्सी – कोरोना संक्रमणको विषयमा शनिबार संसारभरी यी कुराको चर्चा भएः

– बेलायतमा इन्डोर जिम, स्विमिङ पुल र अन्य इन्डोर स्पोर्टस् फ्यासिलिटिज शनिबारदेखि खोलियो । मार्च पछि पहिलो पटक यी कुराहरु सर्वसाधारणका लागि खोलिएको हो ।

– स्पेनको केटालोनिया इलाकामा नाइटलाइफसँग सम्बन्धित सबै सुविधा बन्द गरिएको छ । पछिल्ला केही दिनदेखि केटालोनियामा लगातार संक्रमितको संख्या बढिरहेको छ । स्पेनमा कोरोनाको दोस्रो लहर चलिरहेको बताइएको छ ।

– भारतमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै छ । पछिल्लो दुई दिनमा भारतमा करिब एक लाख नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको कूल संख्या १३ लाख ३६ हजार पुगिसकेको छ जबकि हालसम्म ३१ हजार बढीको मृत्यु भइसकेको छ ।

– ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । दुई हप्ता अघि बोलसोनारो कोरोनाद्वारा संक्रमित पाइएका थिए ।

–विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार अफ्रिकी देशमा हालसम्म १० हजारभन्दा बढी स्वास्थ्यकर्मी कोरोनाद्वारा संक्रमित भइसकेका छन् । संगठनका अनुसार स्थिती निकै खराब छ ।

– बेलायतका विज्ञका अनुसार मोटोपना र अत्यधिक तौल भएका व्यक्तिका लागि कोरोना भाइरस अत्यधिक खतरनाक छ । यस्ता मानिसहरु कोरोनाद्वारा संक्रमित भए गम्भी रुपमा बिरामी हुने र मृत्युको आशंका अत्यधिक पाइएको छ ।

स्रोतः बीबीसी

Loading...
Loading...
Loading...

लकडाउनमा अनिच्छित गर्भधारण गर्नेको संख्या बढ्यो

काठमाडौं, ७ साउन । ठूला अस्पतालले सेवा नदिंदा असुरक्षित गर्भपतन तथा अनिच्छित गर्भधारण गर्नेको संख्या बढेको छ । कोरोना संक्रमणका...

यस्ता छन् हाँसोका ८ फाइदा

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ। यस्ता छन् हाँसोले पार्ने सकारात्मक प्रभाव : सम्पूर्ण शरीरलाई आराम दिलाउँछ हाँसोले...

बच्चालाई स्तनपान गराउने ५ वैज्ञानिक आसन र ध्यान दिनुपर्ने ११ कुरा

आमा र बच्चाको सम्बन्ध गर्भावस्थादेखि नै हुन्छ। शिशुको बाँच्ने र स्वस्थ रहने सम्भावना बच्चा गर्भमा रहेदेखि नै बच्चा र आमालाइ...

स्वास्थ्य बिमाको प्रभावकारितामाथि प्रश्न

काठमाडौं, २ साउन । सरकारले आगामी तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य राखे पनि कार्यक्रमको प्रभावकारितामाथि भने प्रश्न...

यस कारण टोक्नु हुँदैन नङ ?

बिबिसी– सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब...

यी खानेकुरा खानुहोस् बोसो कम गर्न !

बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी...

कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुटकारा मिल्छ।

सिजन आँपको छ। आँपलाई स्वादका निम्ति खानेकै सँख्या ठूलो छ। यो फलको राजामाथि गरिएको ठूलो अन्याय हो। यसलाई घरेलु ओखतीका...

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री

काठमाडौं, २० असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर...