राजधानीमै युवतीमाथि एसिड आक्रमण, सिसी क्यामरामा देखिएका युवकको खोजी जारी – Janata Live
  • Saturday, August 8, 2020

राजधानीमै युवतीमाथि एसिड आक्रमण, सिसी क्यामरामा देखिएका युवकको खोजी जारी

  • नयाँ पत्रिका दैनिक
  • साउन ०९, २०७७

राजधानीमै युवतीमाथि एसिड आक्रमण, सिसी क्यामरामा देखिएका युवकको खोजी जारी

काठमाडौं, ९ साउन । राजधानी काठमाडौंमा बिहीबार सम्झाँझै एक युवतीमाथि एसिड प्रहार भएको छ । होटेल हायातको क्यासिनोमा काम गर्ने ओलखढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि सोल्टी दोबाटोस्थित दिदीको कोठानजिकै एसिड प्रहार भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

पवित्रा साँझ ६ बजेतिर दही किन्न दिदीको कोठाबाट निस्केकी थिइन् । सीतापाइलास्थित सेल्सबेरीबाट दही किनेर फर्किंदै गर्दा पौने सात बजेतिर कोठानजिक उभिएको अपरिचित व्यक्तिले उनीमाथि एसिड छ्यापेको हो । एसिडले पोलेपछि उनी चिच्याउँदै दौडेर कोठा पुगेकी थिइन् । पवित्राको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ ।

बहिनीमाथि एसिड आक्रमण भएको थाहा पाएपछि दिदी सुनिताले छिमेकीलाई गुहारेर पवित्रालाई तत्काल मनमोहन मेमोरियल अस्पताल लिएर गइन् । मनमोहनले कीर्तिपुर अस्पताल रेफर गर्‍यो । त्यहाँ पुग्दा साढे ९ बजिसकेको थियो ।

‘दही ल्याउन गएकी बहिनी चिच्याउँदै दौडेर फर्किइन् । एसिडबाट दायाँ साइड डढेको थियो । उसको अवस्था देखेर मसमेत चिच्याएँ, छिमेकीलाई गुहारेर अस्पताल पुर्‍याएँ,’ कीर्तिपुर अस्पतालमा सुनिताले भनिन् ।

सुनिताका अनुसार सेल्सबेरीबाट दही किनेर फर्किंदै गर्दा पवित्रालाई आधा बाटोसम्म चिनेकै एक व्यक्तिले मोटरसाइकलमा पुर्‍याई दिएको थियो । ‘त्यसपछि हिंडेर आउँदै गर्दा कोठा नजिकै बाटो छेउमा उभिएको मान्छेले अचानक एसिड हान्यो,’ पवित्राको भनाइ उद्धृत गर्दै सुनिताले भनिन् । पवित्राले सुनिता र प्रहरीलाई बताएअनुसार एसिड हान्ने व्यक्तिलाई उनले यसअघि कहिल्यै देखेकी थिइनन् ।

पवित्राले एसिड प्रहार गर्ने व्यक्तिले मास्क लगाएको र आफूले नचिनेको जानकारी प्रहरीलाई दिएकी छिन् । आक्रमणकारी युवक सिसी क्यामेरामा देखिएको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका घर भएकी २२ वर्षीया पवित्रा बानेश्वरमा दाइ–भाउजूसँग बस्थिन् । लकडाउनमा दाइ–भाउजू गाउँ गएपछि कोठामा एक्लै भएकाले उनी एक महिनादेखि दिदीको कोठामा बस्दै आएकी थिइन् ।

बहिनीलाई अस्पताल ल्याए पनि सुनितासँग उपचारका लागि पैसा छैन । ‘१० हजार डिपोजिट गर्न भनेको छ,’ साना दुई सन्तानलाई छिमेकीको भरमा छाडेर बहिनीको उपचारमा रहेकी सुनिताले भनिन्, ‘मसँग जम्मा एक हजार रुपैयाँ छ । कसरी उपचार गर्ने हो ?’

उनलाई एकातिर बहिनीको चिन्ता छ भने अर्कोतिर नाबालक छोराछोरीको । ‘१३ वर्षकी छोरी छ । अपराधीहरूले उसलाई पनि यस्तै गर्छन् कि ?’ सुनिताको मनमा चिसो पसेको छ, ‘म पनि एक्लै छुँ । श्रीमान् बाहिर हुनुहुन्छ । हामीलाई पनि केही हुने हो कि ?’

छोरीमाथि एसिड आक्रमण भएको सुनेपछि गाउँमा रहेका आमा, बुबा र दाजु–भाउजू पनि चिन्तामा परेका छन् । ‘गाउँबाट बा, आमाले फोन गरिरहनु भएको छ । आमा त झन् बिरामी हुनुहुन्छ । अब कसरी सम्झाउने मैले ?’ सुनिताले भनिन् ।

एसिड आक्रमण गर्ने व्यक्ति अपरिचित भएकाले परिचित व्यक्तिले नै आक्रमण गर्न लगाएको हुन सक्ने आशंका सुनिताको छ । ‘एसिड हान्ने मान्छे नचिनेको थियो भनेपछि चिनेकै मान्छेले हान्न लगाएको हुनुपर्छ,’ उनले भनिन् ।

उपचार गर्न पैसा पनि छैन : सुनिता थापा, पवित्राकी दिदी

सिमसिम पानी परिरहेको थियो । म खाना बनाउने तयारी गर्दै थिएँ । बहिनीले दिदी दही खाने भनेर सोधी । मैले पनि हुन्छ भनेँ । त्यसपछि ६ बजेतिर ऊ ‘जुजुधौ किनेर ल्याउँछु’ भन्दै कोठाबाट बाहिर निस्की । म खाना पकाउँदै थिएँ, ७ बज्नै लाग्दा त बहिनी चिच्याउँदै दौडिएर कोठमा आई ।

कोठानजिकै पुग्दा उसमाथि नचिनेको व्यक्तिले एसिड छ्यापेको रहेछ । जसले उसको दायाँ साइडको कपाल, गाला र घाँटी जलेको थियो । मैले त हेर्न पनि सकिनँ । बहिनीको अवस्था देखेर म नै चिच्याएँ छु, होसै उड्यो । तत्काल छिमेकी र तल्लो–माथिल्लो फ्ल्याटमा बस्नेहरूलाई बोलाएर मोटरसाइकलमा राखेर बहिनीलाई मनमोहन अस्पताल लिएर गयौं ।

मनमोहनले कीर्तिपुर अस्पताल रेफर गर्‍यो । एम्बुलेन्समा राखेर बहिनीलाई कीर्तिपुर ल्यायौँ । बहिनीका अनुसार सेल्सबेरीबाट दही किनेर फर्किंदै गर्दा एक जना चिनेको दाइले आधाबाटोसम्म मोटरसाइकलमा पुर्‍याई दियो । मोटरसाइकलबाट झरेर थोरै हिँडेपछि बाटो किनारमा अनुहार नदेखिने गरी एउटा मान्छे उभिएको देखी । त्यसैले एसिड छ्यापेको बहिनीले बताएकी छ । त्यो मान्छेलाई बहिनीले चिनेकी छैन । चिनेकै मान्छेले एसिड हान्न लगाएको हुनुपर्छ ।

यहाँ अस्पतालले १० हजार रुपैयाँ जम्मा गर्न भनेको छ । आफूसँग एक हजार रुपैयाँ मात्र थियो, त्यही लिएर आएँ । ५–६ सय रुपैयाँ त सकिइसक्यो । खाना पनि खाएकी छैन । भोलिपर्सि फेरि पैसा लाग्ने होला, कसरी तिर्ने हो थाहा छैन । म ब्युटिपार्लरमा काम गर्थें । लकडाउन भएदेखि काम नभएर तलब पनि पाएको छैन ।

बहिनी हायात होटेलको क्यासिनोमा काम गर्थी । अहिले बन्द भएर उसले पनि तलब पाएकी छैन । उता गाउँमा बुबाआमा पनि चिन्तामा पर्नुभएको छ । आमा त झन् बिरामी हुनुहुन्छ । उहाँहरू फोन गरेको गर्‍यै हुनुुहुन्छ अब मैले के भन्नु ?

बहिनी अत्तालिँदै आएपछि पकाइरहेको खाना छाडेर म अस्पताल दौडिएँ । एउटा छोरा र १३ वर्षकी छोरीलाई छिमेकीको कोठामा छाडेर आएकी छु । हामी चार दिदी–बहिनी छौँ । हामी र हाम्रो छोरीलाई पनि केही हुन्छ कि भन्ने डर लाग्न थालेको छ । म त एक्लै बस्छु, श्रीमान् पनि बाहिर हुनुहुन्छ । प्रहरीले त्यो एसिड हान्नेलाई छिटो समात्नु पर्छ ।

Loading...
Loading...
Loading...

आमाकै सहमतिमा ल्याएको शिशुलाई बालगृहले बेवारिसे भनेर भाइरल बनायो

काठमाडौं, २१ साउन । कार्टुनमा प्याक गरेको अवस्थामा कपनको चौरमा अलपत्र फेलापरेको भनिएको शिशु आमाकै सहमतिमा बालगृहको जिम्मा लगाइएको खुलेको...

पूर्व जर्नेलकी छोरीले चिठी लेखेर संसार छाडेपछि…

काठमाडौं– पूर्व दुईतारे जर्नेल डा. पूर्ण सिलवालको घरलाई अहिले एउटा असह्य बेदनाले घेरेको छ । घर सुनसान थियो । बाथरुम...

भारत र चीनका नागरिक भन्दा नेपाली धेरै खुसी

काठमाडौं, १७ साउन । -नेपालमा हजारमा २८ बालबालिकाको मृत्यु पाँच वर्ष नपुग्दै हुन्छ । -सयमा २४ बालबालिका तौल नपुगेर लिखुरे...

निर्मला हत्या प्रकरणः कसको थियो त्यो सर्टको टुक्रा ?

काठमाडौं – निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ। पछिल्लो...

फुल्पिङकट्टी पहिरो : बेपत्ता पाँचै जनाको शव फेला

सिन्धुपाल्चोक, १४ साउन । सिन्धुपाल्चोकको भोेटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । साउन १...

सन्तानको पहिचानका लागि एक दलित महिलाले गरेको न्यायिक संघर्ष

गुल्मी, १३ साउन । गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोक पिपलनेटाकी ३२ वर्षीया पार्वता पन्थी नेपाली (न्यायका लागि लडिरहेको भन्दै उनले नाम...

रञ्जनको मुद्दामा आज सुनुवाइ हुने, के हुन्छ अबको प्रक्रिया ?

काठमाडौं, ११ साउन । सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतको फैसलाउपर परेको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाइ हुने...

अर्कै युवक मन पराएको भन्दै युवतीमाथि एसिड प्रहार, एसिड हान्नुअघि ३७ पटक मिसकल

काठमाडौं, ९ साउन । ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्‍याई दिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर...