माधवलाई शीतलनिवास बोलाएर राष्ट्रपतिले के भनिन् ? – Janata Live
  • Monday, August 10, 2020

माधवलाई शीतलनिवास बोलाएर राष्ट्रपतिले के भनिन् ?

  • जनता लाइभ
  • साउन ०७, २०७७

माधवलाई शीतलनिवास बोलाएर राष्ट्रपतिले के भनिन् ?

अघिल्लो साता शीतलनिवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न नेपाल कोटेश्वरबाट महाराजगञ्जतिर हुईंकिए ।

राष्ट्रपतिले भनिन्, ‘तपाईंलाई मध्यस्थकर्ताको रूपमा सबैले निपुण ठान्छन् । अहिले पार्टीमा देखिएको अन्तरविरोध समाधानमा पनि त्यहीअनुसार गरिदिनुप¥यो ।’ नेपाल केही नबोली सुनिरहे तर राष्ट्रपतिले थपिन्, ‘मैलेभन्दा बढी तपाईंले नै संगत गर्नुभएको र चिन्नुभएको मान्छे हो उहाँ ९केपी ओलीप्रति इंगित गर्दै० । मैले पनि एकदिन यहाँबाट छाडेर जानैपर्छ ।’

त्यसपछि राष्ट्रपतिले निर्वाचनताकाको क्षण स्मरण गर्दै भनिन्, ‘तपाईंहरूले नै मलाई यो पदमा ल्याउनुभएको हो । भोलि फेरि अर्को कसैलाई पठाउनुपर्ला । त्यो अवस्थामा मैले पनि नयाँ व्यक्तिलाई राम्रोसँग हस्तान्तरण गर्न सकिनँ भने अलि मज्जा हुने छैन । मलाई नेकपाले एकताबद्ध हुँदै जिताएर यहाँ पठाएको हो । त्यसैगरी पार्टी एक बनिरहोस् र हिजोजस्तै भोलि पनि एक भएर नेकपाकै अर्को मान्छेलाई यहाँ पठाओस् भन्ने मेरो चाहना हो ।’

नेपाललाई यो पनि भनियो, ‘पार्टी फुट्यो भने राष्ट्रपति पदसमेत आगामी दिनमा अर्को पार्टीका मान्छेको हातमा जान्छ । अरुले सहजै खेल्ने मौका पाउँछन् । हिजो जस्तै भोलि पनि नेकपाले छानेको र चुनेको मान्छेलाई नै हस्तान्तरण गर्न सकुँ । पार्टीमा टुटफुट नआओस्, यही हो मेरो चाहना ।’ आजको जनआस्था साप्ताहिकमा समाचार छ

Loading...
Loading...
Loading...

महाधिवेशन सार्दै कांग्रेस, जेठ वा भदौमा गर्ने तयारी

काठमाडौं, २५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको...

पछिल्लो २४ घण्टामा ३ सय ७८ संक्रमित थपिए, संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुग्यो

काठमाडौं, २४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य...

विष्णुमाथि प्रचण्ड पड्किएपछि…

काठमाडौं, २१ साउन । ‘मलाई अचम्म चाहिँ के लाग्न थाल्यो भने, तपाईंहरू जत्तिको नेता भनिएका मान्छे नेता नभएर दास जस्तो...

आमाकै सहमतिमा ल्याएको शिशुलाई बालगृहले बेवारिसे भनेर भाइरल बनायो

काठमाडौं, २१ साउन । कार्टुनमा प्याक गरेको अवस्थामा कपनको चौरमा अलपत्र फेलापरेको भनिएको शिशु आमाकै सहमतिमा बालगृहको जिम्मा लगाइएको खुलेको...

काठमाडौं उपत्यकामा थपिए ५१ जना संक्रमित, उपत्यकामा संक्रमितको संख्या ६८५ पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २० हजार ७५० पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न...

पछिल्लो २४ घन्टामा थप ३१५ जना कोरोना संक्रमित

काठमाडौं, १७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा...

ओलीसँग मिलेर अघि बढ्न दाहाललाई दबाब

काठमाडौं – नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग...