वैदेशिक रोजगारीका नाममा नौ महिनामा ५४ करोड ठगी – Janata Live
  • Tuesday, August 4, 2020

वैदेशिक रोजगारीका नाममा नौ महिनामा ५४ करोड ठगी

  • जनता लाइभ
  • असार २८, २०७७

वैदेशिक रोजगारीका नाममा नौ महिनामा ५४ करोड ठगी

काठमाडौं – वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी गर्नेमा दलालभन्दा म्यानपावर व्यवसायी अत्यधिक छन्।

वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर व्यवसायी (संस्थागत) तर्फ २९ करोड २६ लाख ४४ हजार रुपैयाँ ठगी भएको छ। दलाल (व्यक्तिगत) तर्फ २४ करोड २२ लाख २३ हजार रुपैयाँ ठगी भएको छ। एक हजार दुई सय ४१ जनाले विभिन्न बहानामा म्यानपावर तथा व्यक्तिगत रूपमा ठगी भएको भन्दै विभागमा उजुरी दिएका हुन्। यसमध्ये म्यानपावरतर्फ नौ सय चार वटा र व्यक्तिगततर्फ तीन सय ३७ वटा उजुरी परेको छ।

चालू आर्थिक वर्षको चैतसम्म दर्ता भएको तीन सय ३७ उजुरीसहित विगतदेखि थाती रहेका एक हजार एक सय ९२ जनाको ८० करोड ३६ लाख ६२ हजार आठ सय ९० रुपैयाँ ठगी भएको छ। यसमध्ये यो वर्ष उजुरी परेका एक सय ८७ जनाको १८ करोड ७७ लाख बिगोसहित विगतदेखि थाती रहेका तीन सय ९६ जनाको ४१ करोड ३४ लाख अदालतमा बिगो दावी गरिएको छ। संस्थागत रूपमा भएका ठगी छिटो छिनोफानो हुने गरी व्यक्तिगत ठगीका उजुरीमा समयमै सुनुवाई हुन नसक्दा कामदार मारमा परेका छन्।

सरकारले घोषणा गरेको फ्री भिसा, फ्री टिकट कार्यान्वयन गर्नुपर्ने म्यानपावर व्यवसायीले कामदारमाथि खुलेआम ठगी गर्दै आएका छन्। सरकारले सेवाशुल्क १० हजारभन्दा बढी लिन नपाउने नियम बनाए पनि म्यानपावर व्यवसायीले त्यसको २० गुणाभन्दा बढी रकम असुल्दै आएका छन्। दुई लाख ५० हजारभन्दा बढी रकम असुल्दा पनि सरकारले ठगी रोक्न कुनै कदम चाल्न सकेको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।

Loading...
Loading...
Loading...

अब विदेशमा अलपत्र श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काइने

काठमाडौं – सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार...

विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिने

काठमाडौं, २७ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी...

अष्ट्रेलियामा ठगी आरोपमा नेपाली युवक–युवती पक्राउ

काठमाडौं– अष्ट्रेलियाको पश्चिमी सिड्नीमा बस्ने एक वृद्धाको हजारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । प्रहरीले २२...

नेपालीको उद्धार हुने २५ गन्तव्यको हवाई भाडा निर्धारण, खाडीका लागि कम्तिमा ६० हजार

काठमाडौँ –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट हुने नेपालीको उद्धारका लागि हवाई भाडादर निर्धारण गरेको छ। मन्त्री योगेश भट्टराईसहितको...

म्यानमार र दुवईले समस्यामा परेका नेपालीलाई आफै ल्याइदियो, सरकारको प्रक्रिया भने अलपत्र

काठमाडौं, २७ जेठ । विदेशस्थित कूटनीतिक नियोग र अन्तरमन्त्रालय समन्वय नहुँदा विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया अलपत्र परेको छ ।...

फर्किन थाले विदेशमा रहेका नेपाली, कसको खर्चमा आए म्यानमार र दुवईबाट ?

काठमाडौं, २४ जेठ । लकडाउन सुरु भएपछि पहिलोपटक म्यानमार र संयुक्त अरब इमिरेट्स (युएई) बाट एक सय ९५ नेपाली शुक्रबार...

दूतावासको सूची एउटा तर उडे अर्कै, एजेन्ट हाबी !

काठमाडौँ, २४ जेठ । संयुक्त अरब इमिरेट्स (यूएई) मा अप्ठेरोमा परेकी रिना थापालाई आबुधाबीस्थित नेपाली दूतावासबाट शुक्रबार नेपाल फर्किनका लागि...

हवाई उडानमा नयाँ मापदण्डः ज्वरो र खोकी लागेकालाई उड्न निषेध

काठमाडौं – सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले...