सुशान्तकी म्यानेजरलाई गर्भवती बनाएर आत्मह’त्या गर्न बा’ध्य पारेको आ’रोपमाथि सुरजले भने, ‘दिशालाई कहिल्यै भे’टेकै छैन’ – Janata Live
  • Sunday, April 11, 2021

सुशान्तकी म्यानेजरलाई गर्भवती बनाएर आत्मह’त्या गर्न बा’ध्य पारेको आ’रोपमाथि सुरजले भने, ‘दिशालाई कहिल्यै भे’टेकै छैन’

  • जनता लाइभ
  • असार २२, २०७७

सुशान्तकी म्यानेजरलाई गर्भवती बनाएर आत्मह’त्या गर्न बा’ध्य पारेको आ’रोपमाथि सुरजले भने, ‘दिशालाई कहिल्यै भे’टेकै छैन’

एजेन्सी । केही वर्षअघि नायिका जिया खानको मृ’त्युपछि वि’वादमा घेरिएका सुरज पंचोली एकपटक पुनः वि’वादित बनेका छन् । सुशान्त र उनकी पूर्व म्यानेजर दिशा सालियानको आत्मह’त्यामा सुरजको नाम मुछिएको छ । भारतीय मिडियामा प्रकाशित विभिन्न खबरका अनुसार दिशा र सुरज सम्बन्धमा थिए । दिशा गर्भवतीसमेत भएकी थिइन् तर सुरज उनीसँग विवाह गर्न चा’हँदैनथे ।

खबरमा बताइए अनुसार यसबारे सुशान्तलाई थाहा भएपछि उनले दिशालाई समर्थन गर्ने कोसिस गरे । सुरजको पर्दाफास गर्ने कोसिस गर्न थाले । यो विषयमा सुरजसँग उनको हा’तपात पनि बताइन्छ।

पछि बदलाको भावनाले सुरजको परिवारले सलमान र अन्डरवर्ल्डसँग मिलेर सुशान्तको ह’त्या गरिदिएको र अब शक्तिको प्रयोग गरेर यसलाई आत्मह’त्याको रुप दिइएको आ’रोपमा उल्लेख छ । यो थ्योरीलाई विश्वास गर्ने हो भने दिशाको आत्मह’त्याको विषयमा पनि प्रश्न उठाइएको छ । दिशाले १४ औं तल्लाबाट हाम फालेर आत्मह’त्या गरेकी थिइन् वा कसैले उनलाई ध’क्का दिएको थियो भनेर प्रश्न सोधिँदै छ ।

यी सबै आरोपबारे सुरजले आफ्नो स्प’ष्टिकरणमा भने, ‘मलाई थाहा छैन कि सुशान्तसँग कुन चाहिँ हा’तपातको कुरा भइरहेको छ रु उनीसँग मेरो कुनै पनि वि’वाद भएको छैन । यसबारे मैले पहिले नै स्पष्ट गरेकी छु । दोस्रो कुरा के हो भने सलमान खान मेरो जीवनमा किन संलग्न हुने ? के उनीसँग अर्को काम छैन ? ’

‘मलाई थाहा छैन कि दिशा को हुन् रु मैले उसलाई कहिले पनि भेटेकी छैन । सुशान्तको मृ’त्युपछि मात्रै मलाई उनीबारे थाहा भएको हो र दुबैको परिवारका लागि मलाई निकै नराम्रो लाग्यो । कसैले यो बकवासलाई आफ्नो नीजि फेसबुकमा लेखे । यसलाई एउटा फिल्मको स्क्रिप्टको रुपमा बनाइयो र भाइरल गर्न सुरु गरियो ।’

भाइजस्तै व्यवहार गर्थे सुशान्तः

सुरजले थपे, ‘हामी दुईबीच कहिले पनि केही दुश्मनी भएको थिएन । उनी मभन्दा सिनियर थिए र धेरै नै सफल पनि । म त उनको वरिपरि पनि थिइनँ । म नै उनको लिगमा थिएँ । मलाई उनको टाढाटाढासम्म पनि ख’तरा थिएन । उनले मलाई भाइजस्तो व्यवहार गर्दथे । हाम्रो जतिबेला भेट हुन्थ्यो तब हामी फिल्मबारे वा मेरो फिटनेस बारे कुरा हुन्थ्यो ।’

Loading...
Loading...
Loading...