बलिउड चर्चित कोरियोग्राफर सरोज खानको निधन – Janata Live
  • Saturday, August 8, 2020

बलिउड चर्चित कोरियोग्राफर सरोज खानको निधन

  • जनता लाइभ
  • असार १९, २०७७

बलिउड चर्चित कोरियोग्राफर सरोज खानको निधन

एजेन्सी । भारतकी चर्चित कोरियोग्राफर सरोज खानको बिहीबार८ अबेर राती कार्डियक अरेस्टका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उनी ७१ वर्षकी थिइन् ।

स्रोतका अनुसार सरोज खान १७ जूनदेखि मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना थिइन् । उनलाई सास फेर्न समस्या भएपछि अस्पताल लगिएको थियो । सरोजले बिहिबार राती १ बजेर ५२ मिनेटमा अन्तिम सास फेरेको स्रोतले जानकारी दिएको छ । उनको मुम्बईको चारकोप चिहानमा अन्तिम संस्कार गरिने जानकारीमा उल्लेख छ ।

सरोज खान मधुमेह र यससँग सम्बन्धित रोगबाट ग्रस्त थिइन् । अस्पतालमा भर्ना भएपछि उनको कोरोना संक्रमणको पनि परीक्षण गरिएको थियो जसको रिपोर्ट नेगेटिभ आएको थियो ।

उनले निकै लामो समयदेखि कामबाट ब्रेक लिएकी थिइन् । गत वर्ष (सन् २०१९) मा मल्टिस्टारर फिल्म ‘कलंक’ र कंगना रनौतको फिल्म ‘मणिकर्णिः द क्वीन अफ झांसी’ मा एउटा गीतको कोरियोग्राफ गरेकी थिइन् ।

सरोजले तीन वर्षको उमेरदेखि ब्याकग्राउन्ड डान्सरको रुपमा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनले सन् १९७४ मा पहिलो पटक गीता मेरा नामबाट कोरियोग्राफरको रुपमा फिल्म इन्डष्ट्रिमा पाइला टेकेकी थिइन् । आफ्नो करियरमा उनले २००० भन्दा बढी गीतमा कोरियोग्राफ गर्ने उनले तीनपटक राष्ट्रिय अवार्ड पनि पाइन् । स्मरण रहोस्, सरोजले केही फिल्ममा लेखकको रुपमा पनि काम गरिन् ।

Loading...
Loading...
Loading...

‘दीपालाई क्षमा दिनुहोला’

काठमाडौं, २ साउन । नायक राजेश हमालले आफ्ना फ्यान समक्ष हाँस्य कलाकार तथा निर्देशक दीपा श्री निरौलालाई क्षमा दिन विनम्रतापूर्वक...

दीपाश्रीलाई क्षमा दिन आग्रह गर्दै मध्यरातमा फेसबुक लाइभ आए राजेश हमाल

काठमाडौँ । कलाकार तथा निर्देशक दीपा श्री निरौला यतिबेला राजेश हमालको विषयमा आफ्नो धारणा प्रस्तुत गरेका कारण विवादमा तानिएकी छिन्...

सुशान्तकी म्यानेजरलाई गर्भवती बनाएर आत्मह’त्या गर्न बा’ध्य पारेको आ’रोपमाथि सुरजले भने, ‘दिशालाई कहिल्यै भे’टेकै छैन’

एजेन्सी । केही वर्षअघि नायिका जिया खानको मृ'त्युपछि वि'वादमा घेरिएका सुरज पंचोली एकपटक पुनः वि'वादित बनेका छन् । सुशान्त र...

नायक सुरज पंचोलीमाथि सुशान्त सिंहको ह’त्या गरेको आरोप: पिता आदित्यले भने, ‘यो के पागलपन हो ?’

सुशान्त सिंह राजपूत आत्मह'त्या मामिलामा थुप्रै थ्योरी सोसल मिडियामा भा'इरल भइरहेको छ । तिनैमध्ये एकमा आदित्य पंचोलीका छोरा सुरजमाथि सुशान्तको...

संसारकै सुन्दर नर्स : अस्पतालमा हुन्छ उपचार गर्न आउनेको घुँइचो (फोटो फिचर)

एजेन्सी– ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी...

हिमानी शाहको बैंककको तीनवटा भाईरल टिकटक (भिडियोसहित)

पूर्वयुवराज्ञी हिमानी शाह अहिले फरक रुपमा सामाजिक सञ्जालमा देखिएकी छिन् । हिमानी शाह र उनकी छोरी पूर्णिका शाह पनि लकडाउनको...

हिमानी शाहको अर्को टिकटक ‘डान्स’ पनि भाईरल (भिडियोसहित)

पूर्वयुवराज्ञी हिमानी शाह अहिले फरक रुपमा सामाजिक सञ्जालमा देखिएकी छिन् । उनी अहिले आफ्ना छोरीहरुसंग टिकटक भिडियो मार्फत् रमाईरहेको देखिन्छ...

अभिनेत्री मनीषा कोइरालाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । मंगलबार मात्रै भारतबाट स्वदेश पर्किएकी अभिनेत्री मनीषा कोइरालाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । उनी भारतबाट फर्किएसँगै क्वारेन्टाइनमा...