रामोसको गोलमा रियल म्याड्रिडको जित, बार्सिलोना चार अंकको पछि – Janata Live
  • Sunday, April 11, 2021

रामोसको गोलमा रियल म्याड्रिडको जित, बार्सिलोना चार अंकको पछि

  • जनता लाइभ
  • असार १९, २०७७

रामोसको गोलमा रियल म्याड्रिडको जित, बार्सिलोना चार अंकको पछि

एजेन्सी । स्पेनिस ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिडले बार्सिलोनालाई चार अंकले पछि पारेको छ । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा गेटाफेलाई पराजित गर्दै रियलले शीर्ष स्थानमा बार्सिलोनलाई चार अंकले पछि पारेको हो ।

रियल म्याड्रिडले गेटाफेलाई पराजित गर्न निकै मुस्किल गरेको थियो । रियलको जितका लागि खेलको एक मात्र गोल कप्तान सर्जियो रामोसले गरेका थिए । उनले पेनाल्टीमार्फत एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा कप्तान रामोसले गोल गरेका हुन् । उनले खेलको ७९ औं मिनेटमा गोल गर्दै रियललाई महत्त्वपूर्ण जित दिलाए ।

गेटाफेका म्याथिअस ओलिभिएराले रियलका ड्यानी कार्भाजललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टी अवसरलाई रामोसले सदुपयोग गर्दै रियललाई जित दिलाए ।

जितसँगै रियलले शीर्ष स्थानमा दोस्रो स्थानको बार्सिलोनाभन्दा स्पष्ट चार अंकको अग्रता बनाएको छ रियलको ३३ खेलमा ७४ अंक हुँदा दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ७० अंक छ । पराजित गेटाफे ५२ अंक सहित छैटौं स्थानमा छ ।

Loading...
Loading...
Loading...