भारतले बनायो कोरोना भाइरसविरुद्धको खोप – Janata Live
  • Saturday, August 8, 2020

भारतले बनायो कोरोना भाइरसविरुद्धको खोप

  • जनता लाइभ
  • असार १७, २०७७

भारतले बनायो कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं, १७ असार । सिङ्गो विश्व अहिले कोरोना महामारी रोक्न सक्ने खोप विकासमा जुटिरहेका छन् । यसै शिलशिलामा छिमेकी देश भारतले कारोना भाइरसविरुद्ध खोप बनाएको छ ।

हैदराबादस्थित औषधि कम्पनी भारत बायोटेकले कोरोनाविरुद्ध खोप विकास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अब खोप आउने जुलाईमा मानिसमा परीक्षण गर्ने तयारी छ । यसअघि यो खोप जनावरमा परीक्षण गरिएको र नतिजा निकै राम्रो देखिएको निर्माता कम्पनीले दाबी गरेको छ ।

अहिले कोरोनाविरुद्ध विश्वमा १२० भन्दा बढी खोप निर्माण भइरहेका छन् । यी खोप विभिन्न चरणमा परीक्षण भइरहे पनि आम प्रयोगका लागि प्रमाणित भने कुनै पनि भइसकेका छैनन् । भारतमै पनि आधा दर्जन औषधि कम्पनी कोरोनाविरुद्ध खोप बनाउन जुटेका छन् ।

तर मानिसमा परीक्षण गर्ने तहसम्म आइपुगेको यो नै पहिलो खोप भएको भारतीय विज्ञले बताएका छन् । यो खोप मानिसमा परीक्षणका लागि नियामक संस्थाले अनुमति दिइसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार मानवमा खोपको परीक्षण दुई चरण गर्नुपर्ने हुन्छ । पहिलो परीक्षणले खोप सुरक्षित छ कि छैन तथा दोस्रो परीक्षणले संक्रमण रोक्न कति सक्षम छ भन्ने प्रमाणित गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रवक्ताले बीबीसँग भनेका छन्, ‘भारतमा कोरोनाबाट संक्रमित व्यक्तिबाट भाइरसको नमुना यो खोप विकासमा ठूलो मद्दत ग–यो ।’ कम्पनीका प्रमुख डा. कृष्णा इल्लाका अनुसार यो खोपको नाम ‘कोवाक्सिन’ राखिएको छ । जुन खोप इन्डियाज नेसनल इन्डस्ट्रिज अफ भाइरोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिर्चको सहयोगमा तयार पारिएको हो ।

भारत विश्वमा सबैभन्दा बढी जेनेरिक औषधि तथा खोप निर्माण गर्ने देशमध्ये एक हो । जस्तै : पोलियो, मेनिनजाइटिस, निमोनिया, रोटाभाइरस, बिसीजी, रुबेलाविरुद्धका खोप पनि भारतले विकास गरेको हो ।

सामामान्यतया कुनै खोप विकास गर्न एक दशक नलागे पनि केही वर्ष लाग्छ । तर कोरोना भाइरसविरुद्ध भने आगामी सन् २०२१ को मध्यसम्म कुन न कुनै खोप विकास हुने विशेषज्ञले दाबी गरेका छन् । एजेन्सी

Loading...
Loading...
Loading...

अमेरिकी कम्पनीद्वारा कोरोनाको औषधि पत्ता लगाउन शेर्पाको डिएनएको अध्ययन

एजेन्सी– अमेरिकाको बायोटेक कम्पनीले नेपालका शेर्पाहरुको रगतमा डिएनए अध्ययन गरेर कोरोना भाइरसविरुद्धको उपचार विधिको खोजी सुरु गरेको छ । उच्च...

चिनियाँ राष्ट्रपति ‘किमजोङ’ भन्दै भाजपाका कार्यकर्ताले पुत्ला ज’लाएको भिडियो भाइरल

काठमाडौं, ०५ असार । लद्दाखमा भएको झ’डपपछि भारतमा चीनको बृहत् रुपमा विरोध भइरहेको छ । भारतमा विभिन्न दलका कार्यकर्ता तथा...

भेटियो कोरोना संक्रमणबाट बचाउने पहिलो औषधि

काठमाडौं, ३ असार । कोरोना भाइरस संक्रमितको जीवन जोगाउन सहयोग गर्ने पहिलो औषधि भेटिएको दाबी बेलायतका विज्ञहरुले गरेका छन् ।...

लद्दाखमा चीन–भारत सैन्य झडपः भारतीय एक अफिसरसहित दुई जवानको मृत्यु

काठमाडौं – चीन–भारतबीचको सीमाक्षेत्र लद्दाखमा जारी विवाद गहिरिएको छ। सोमबार राति दुई देशका सेनाबीच हिंस्रक झडप भएको छ। यस झडपमा...

५० प्रतिशत कोरोना संक्रमित उपचारपछि घर फर्किए, कुन देशमा कति निको भए ? (सूचिसहित)

काठमाडौं, २९ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितहरु निको हुने क्रम बढेको छ । सङ्क्रमण देखिएका मध्ये अहिलेसम्म...

भारतसँगको सीमा नजिक चीनले लग्यो हजारौं सैनिक

चीनले एक घण्टाभित्र भारतसँग सीमा जोडिएको हिमालय क्षेत्रमा परिचालन गर्ने मिल्ने गरी हजारौं प्याराट्रुपर्स, हतियारबन्द गाडी तथा हतियारसहित सैन्य ड्रिल...

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघ्यो

काठमाण्डौ – विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ । विश्वको कोरोना भाइरसबारेको तथ्याङक सार्वजनिक गरिरहेको...

कोरोनाभाइरस अन्तिम महामारी होइन भन्दै वैज्ञानिकले दिए चेतावनी

मानिसले वन्यजन्तुबाट मानिससम्म फैलने र संसारभरी तीब्र रुपमा संक्रमण फैलने रोगका लागि ‘निकै अनुकुल स्थिती पैदा गरिदिएको’ भन्दै वैज्ञानिकले चेतावनी...