अमेरिकी कम्पनीद्वारा कोरोनाको औषधि पत्ता लगाउन शेर्पाको डिएनएको अध्ययन – Janata Live
  • Monday, August 10, 2020

अमेरिकी कम्पनीद्वारा कोरोनाको औषधि पत्ता लगाउन शेर्पाको डिएनएको अध्ययन

  • जनता लाइभ
  • असार १२, २०७७

अमेरिकी कम्पनीद्वारा कोरोनाको औषधि पत्ता लगाउन शेर्पाको डिएनएको अध्ययन

एजेन्सी– अमेरिकाको बायोटेक कम्पनीले नेपालका शेर्पाहरुको रगतमा डिएनए अध्ययन गरेर कोरोना भाइरसविरुद्धको उपचार विधिको खोजी सुरु गरेको छ ।

उच्च हिमाली क्षेत्रमा अक्सिजन स्तर कम हुँदा पनि शेर्पाहरुको शरीरले त्यसलाई सजिलै आफू अनुकूल बनाउँछ भन्ने विषयमा अध्ययन गरेर कोरोना भाइरसको उपचार विधि पत्ता लगाउन सकिने कम्पनीको विश्वास छ ।

स्टार्ट अप भेरियन्ट बायो नामक कम्पनीले शेर्पाको डिएनको आनुवंशिक कोड निकाल्ने प्रयास गर्नेछ । कोभिड–१९ महामारीको उपचारमा सहयोगी हुनसक्ने भन्दै नेपालका शेर्पा समुदायको डिएनएमा अध्ययन सुरु गरिएको कम्पनीले जनाएको छ ।

उच्च हिमाली क्षेत्रका बासिन्दा शेर्पाको जनजीवनले कोरोना भाइरसको उपचारमा सहजता ल्याउनसक्ने वैज्ञानिकहरको विश्वास छ ।

भेरियन्ट बायो नामक कम्पनीले थालेको अनुसन्धानबाट कोभिड १९ बाट पीडित बिरामीको उपचार गर्न सहयोगी हुने अपेक्षा गरिएको छ । ‘भाइरसले फोक्सोलाई प्रभावित पार्ने र रगतमा अक्सिजनको मात्रा घटाउने, लेक लागेको जस्तो हुने र कोभिड १९ मा अक्सिजनको कमीकै कारण मानिसको मृ’त्यु हुनेगर्छ’ भेरियन्ट कम्पनीका सहसंस्थापक एवं आनुवंशिक विज्ञ स्टेफन कास्टलले बताए ।

बेलायती मेडिकल जर्नलमा हालै एउटा लेख लेखेका हिमालयन मेडिसिनका विशेषज्ञ बुद्ध बस्नेतले कोभिड १९ र उच्च हिमाली क्षेत्रको वातावरणसँग कुनै सम्पर्क नभएको बताउँछन् । यो तुलना गर्नुपर्ने विषय नभएको उनको तर्क छ । कम्पनीले शेर्पाको जिनको अध्ययनबाट अन्य औषधि पत्ता लगाउन पनि सहयोग पुग्ने अनुमान गरेको छ ।

यो अनुसन्धानका लागि हामीले अक्टोवरदेखि नेपालका झण्डै २ हजार व्यक्तिको रगतको नमुना लिन शेर्पा चिकित्सकसँग सम्झौता गरेको छ । अनुसन्धानमा सघाएपछि खुम्बु क्षेत्रमा विभिन्न सामाजिक विकासमा सहयोग गर्ने कम्पनीको योजना रहेको छ । डिएनए अध्ययनको केहीले विरोध पनि गरेका छन् ।

शेर्पा समुदायको डीएनए अध्ययन श्वासप्रश्वास समस्या, मुटु रोगलगायतको उपचारमा सहयोगी हुनसक्ने भन्दै झण्डै ९ महिना अघि भेरियन्ट बायोको एक टोलीले खुम्बु क्षेत्र भ्रमण समेत गरिसकेको छ । यद्यपि पछिल्लो समय कम्पनीले आफ्नो अध्ययनलाई कोभिड–१९ को उपचारमा पनि केन्द्रित गरेको छ ।

Loading...
Loading...
Loading...

भारतले बनायो कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं, १७ असार । सिङ्गो विश्व अहिले कोरोना महामारी रोक्न सक्ने खोप विकासमा जुटिरहेका छन् । यसै शिलशिलामा छिमेकी देश...

चिनियाँ राष्ट्रपति ‘किमजोङ’ भन्दै भाजपाका कार्यकर्ताले पुत्ला ज’लाएको भिडियो भाइरल

काठमाडौं, ०५ असार । लद्दाखमा भएको झ’डपपछि भारतमा चीनको बृहत् रुपमा विरोध भइरहेको छ । भारतमा विभिन्न दलका कार्यकर्ता तथा...

भेटियो कोरोना संक्रमणबाट बचाउने पहिलो औषधि

काठमाडौं, ३ असार । कोरोना भाइरस संक्रमितको जीवन जोगाउन सहयोग गर्ने पहिलो औषधि भेटिएको दाबी बेलायतका विज्ञहरुले गरेका छन् ।...

लद्दाखमा चीन–भारत सैन्य झडपः भारतीय एक अफिसरसहित दुई जवानको मृत्यु

काठमाडौं – चीन–भारतबीचको सीमाक्षेत्र लद्दाखमा जारी विवाद गहिरिएको छ। सोमबार राति दुई देशका सेनाबीच हिंस्रक झडप भएको छ। यस झडपमा...

५० प्रतिशत कोरोना संक्रमित उपचारपछि घर फर्किए, कुन देशमा कति निको भए ? (सूचिसहित)

काठमाडौं, २९ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितहरु निको हुने क्रम बढेको छ । सङ्क्रमण देखिएका मध्ये अहिलेसम्म...

भारतसँगको सीमा नजिक चीनले लग्यो हजारौं सैनिक

चीनले एक घण्टाभित्र भारतसँग सीमा जोडिएको हिमालय क्षेत्रमा परिचालन गर्ने मिल्ने गरी हजारौं प्याराट्रुपर्स, हतियारबन्द गाडी तथा हतियारसहित सैन्य ड्रिल...

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघ्यो

काठमाण्डौ – विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ । विश्वको कोरोना भाइरसबारेको तथ्याङक सार्वजनिक गरिरहेको...

कोरोनाभाइरस अन्तिम महामारी होइन भन्दै वैज्ञानिकले दिए चेतावनी

मानिसले वन्यजन्तुबाट मानिससम्म फैलने र संसारभरी तीब्र रुपमा संक्रमण फैलने रोगका लागि ‘निकै अनुकुल स्थिती पैदा गरिदिएको’ भन्दै वैज्ञानिकले चेतावनी...