अष्ट्रेलियामा ठगी आरोपमा नेपाली युवक–युवती पक्राउ – Janata Live
  • Tuesday, August 4, 2020

अष्ट्रेलियामा ठगी आरोपमा नेपाली युवक–युवती पक्राउ

  • जनता लाइभ
  • असार ११, २०७७

अष्ट्रेलियामा ठगी आरोपमा नेपाली युवक–युवती पक्राउ

काठमाडौं– अष्ट्रेलियाको पश्चिमी सिड्नीमा बस्ने एक वृद्धाको हजारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् ।

प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षे आयुष भट्टराईलाई टेलोपियास्थित वृद्धाको घरबाट सोमबार स्थानीय समयानुसार साढे चार बजे पक्राउ गरेको हो । ८५ वर्षीया वृद्धाले दिएको बयान अनुसार उनको बैंक खातामा समस्या आएको भन्दै टेलिफोनमार्फत् जानकारी दिइएको र नयाँ खाता बनाउनुपर्ने सल्लाह दिइएको थियो ।

तत्पश्चात् ती वृद्धालाई उनकै घरमा आउने कुरियरकर्मीलाई तीन हजार डलर दिन आग्रह गरियो । उक्त पैसा उनको नयाँ खातामा राखिने पनि विश्वास दिलाइयो । तीन हजार डलर रकम दिएपछि वृद्धालाई शंका लाग्यो र उनले प्रहरीलाई यसबारे जानकारी दिइन् ।

फेरि सोही समूहले वृद्धासँग पाँच हजार डलर माग गरेको र सोमबार पैसा लिन जाने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । गुप्तचरले उनीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा संलग्न भएको पत्ता लगाएका छन् जुन अष्ट्रेलियामा रहेका सदस्यको सहयोगमा भारतबाट सञ्चालित छ ।

अनुसन्धानकर्ताले यस्तै फोन पाएका अन्य पीडितबारे पनि पत्ता लागेको जानकारी दिएका छन् । गिरी र भट्टराईलाई पारामाटा स्थानीय अदालतमा मंगलबार पेश गरिएको थियो । उनीहरुलाई दुई महिनापछि अर्थात् अगस्ट २० मा पुनः अदालतमा उपस्थित गराइने छ । स्रोतः नाइनन्यूज डट कम

Loading...
Loading...
Loading...

अब विदेशमा अलपत्र श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काइने

काठमाडौं – सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार...

वैदेशिक रोजगारीका नाममा नौ महिनामा ५४ करोड ठगी

काठमाडौं – वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता...

विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिने

काठमाडौं, २७ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी...

नेपालीको उद्धार हुने २५ गन्तव्यको हवाई भाडा निर्धारण, खाडीका लागि कम्तिमा ६० हजार

काठमाडौँ –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट हुने नेपालीको उद्धारका लागि हवाई भाडादर निर्धारण गरेको छ। मन्त्री योगेश भट्टराईसहितको...

म्यानमार र दुवईले समस्यामा परेका नेपालीलाई आफै ल्याइदियो, सरकारको प्रक्रिया भने अलपत्र

काठमाडौं, २७ जेठ । विदेशस्थित कूटनीतिक नियोग र अन्तरमन्त्रालय समन्वय नहुँदा विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया अलपत्र परेको छ ।...

फर्किन थाले विदेशमा रहेका नेपाली, कसको खर्चमा आए म्यानमार र दुवईबाट ?

काठमाडौं, २४ जेठ । लकडाउन सुरु भएपछि पहिलोपटक म्यानमार र संयुक्त अरब इमिरेट्स (युएई) बाट एक सय ९५ नेपाली शुक्रबार...

दूतावासको सूची एउटा तर उडे अर्कै, एजेन्ट हाबी !

काठमाडौँ, २४ जेठ । संयुक्त अरब इमिरेट्स (यूएई) मा अप्ठेरोमा परेकी रिना थापालाई आबुधाबीस्थित नेपाली दूतावासबाट शुक्रबार नेपाल फर्किनका लागि...

हवाई उडानमा नयाँ मापदण्डः ज्वरो र खोकी लागेकालाई उड्न निषेध

काठमाडौं – सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले...