साउनभित्र प्रदेश १ मा कोरोना नियन्त्रणमा आउने दाबी – Janata Live
  • Wednesday, October 28, 2020

साउनभित्र प्रदेश १ मा कोरोना नियन्त्रणमा आउने दाबी

  • जनता लाइभ
  • असार ११, २०७७

साउनभित्र प्रदेश १ मा कोरोना नियन्त्रणमा आउने दाबी

बिराटनगर र प्रदेश १ मा कोरोना भाइरस कोभिड–१९ नियन्त्रणमा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो ।

सङ्क्रमणबाट प्रभावित झापा र उदयपुर लगभग नियन्त्रणको अवस्थामा पुगेको छ । सुनसरी र मोरङ पनि केही दिनभित्र नै नियन्त्रण हुनसक्ने र अन्य जिल्लामा सङ्क्रमणको अवस्था सामान्य रहेकाले साउन महिनाभित्रमा प्रदेश १ मा कोरोना भाइरस पूर्णरूपमा नियन्त्रणमा आउने प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए ।

यसअघि उदयपुरको भुल्के र धनकुटामा समुदायस्तरमा देखिएको कोराना भाइरस नियन्त्रणमा आइसकेको र अन्य स्थानमा अहिलेसम्म विदेशबाट आइ क्वारेन्टाइनमा रहेका मानिसमा मात्र भाइरसको सङ्क्रमण फेला परेको उनको भनाइ छ ।

वैशाख ५ गते पहिलोपटक उदयपुरस्थित त्रियुगा नगरपालिका–३ को झुल्केमा सङ्क्रमण देखिएको यस प्रदेशमा हालसम्म कुल ४६४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जसमध्ये २४५ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् २०३ जना उपचारको क्रममा रहेका छन् । जसमध्ये विराटनगर स्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २३ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्रमा ९८, धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८२ जना रहेका छन् भने सो अन्य १६ जनाको उपचारको व्यवस्थापनको कार्य भइरहेको प्रदेश १ को सामाजिकविकास मन्त्रालयका प्रवक्ता सुरेश मेहताले बताए ।

हालसम्म क्वारेन्टाइनमा रहेका र कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरूको परीक्षणका लागि नमुना सङ्कलन गरिएकोमा अब परीक्षणको दायरा बढाएर समुदायस्तरसम्म पु-याउने तयारी भइरहेको सामाजिक विकासमन्त्री घिमिरेले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा नेगेटिभ देखिएर घर फर्किएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरू, महामारी नियन्त्रणका लागि अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मीको पनि परीक्षणका लागि नमुना सङ्कलन गरिने छ ।

सङ्घीय सरकारले क्वारेन्टाइनमा रहेका र कोरोना पोजेटिभ देखिएर अस्पतालमा उपचार गराइरहेका व्यक्तिमा १४ दिनपछि पनि कोरोना भाइरसको लक्षण नदेखिएमा बिनापरीक्षण घर पठाउन सकिने भनि निर्देशन गरेको छ । प्रदेश १ सरकारले क्वारेन्टाइनमा रहेका शतप्रतिशत व्यक्तिको परीक्षणका लागि नमुना सङ्कलन गर्नुका साथै परीक्षण पछि उपचार गराइरहेको व्यक्तिमा दुई पटकसम्म लगातार नेगेटिभ देखिएपछि मात्र घर पठाइएको मन्त्री घिमिरेको भनाइ छ ।

अघिल्लो महिनाको तुलनामा भारतलगायत अन्य मुलुकबाट नेपाल भित्रिने मानिसको सङ्ख्यामा कमी आए पनि दक्षिण र पूर्वतर्फ भारतसँगको खुला सीमा प्रदेश १ का लागि प्रमुख चुनौति रहेको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् । सीमापारीका भारतीय बजारहरू खुल्दै गएको र दैनिक उपभोग्य वस्तुदेखि कृषिजन्य प्रयोगका लागि मल तथा बीउ बिजन ओसारपसार गर्न दैनिकजसो भारतीय बजार पुग्ने व्यक्तिहरूबाट पुनः सङ्क्रमण फैलिन सक्ने मोरङको रतुवामाई नगरपालिका वडा नं ८ का वडाध्यक्ष गोपी चापागाईं बताउँछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Loading...
Loading...
Loading...

घर-डेरामै सीमित रहेर दशैँ मनाउन सभापति देउवाको आग्रह

काठमाडौँ, १० कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र...

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं, ८ कार्तिक । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान...

‘ठूला माछा’ होलान् त ठहरै ?

काठमाडौं, ८ कार्तिक । पहुँचवाला भ्रष्टाचारी चोख्याउँदै तल्लो तहका कर्मचारी सताएको कारण अख्तियार सुस्ताएको छ । तर, सम्पत्ति शुद्धिकरण अनुसन्धान...

‘लकडाउन’ ले ‘लक’ नभएको उद्योग

कैलाली, ८ कार्तिक । सबै खालका उद्योग र व्यवसाय कारोना महामारीले गर्दा सुस्त रहेका बेला धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँमा रहेको...

बढ्दै हेडसरमा पीएचडी ‘क्रेज’

काठमाडौं, ७ कार्तिक । केही वर्ष पहिलेसम्म विश्वविद्यालयका अध्यापकले मात्रै धेरै जसो विद्यावारिधि (पीएचडी) गर्ने गरेको देखिन्थ्यो । केही वर्ष...

प्रधानमन्त्रीले नै मिचे कूटनीतिक मर्यादा

काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग...

काठमाडौँ उपत्यकामा १ हजार ५५२ संक्रमित थपिए

काठमाडौं, ६ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ संक्रमित फेला परेका छन् ।...

दसैं भत्ता : बागमती प्रदेशमा कांग्रेसले विपन्न र दलितलाई बाँड्ने, प्रदेश–२ मा जसपाका सांसदहरू पार्टीलाई बुझाउँदै

काठमाडौं, ५ कार्तिक । कोभिड–१९ महामारीमा पनि जनप्रतिनिधिले दसैं भत्ता बुझेको बताउँदै चौतर्फी आलोचना भइरहँदा प्रदेश र स्थानीय तहमा पनि...