भेटियो कोरोना संक्रमणबाट बचाउने पहिलो औषधि – Janata Live
  • Tuesday, August 4, 2020

भेटियो कोरोना संक्रमणबाट बचाउने पहिलो औषधि

  • जनता लाइभ
  • असार ०३, २०७७

भेटियो कोरोना संक्रमणबाट बचाउने पहिलो औषधि

काठमाडौं, ३ असार । कोरोना भाइरस संक्रमितको जीवन जोगाउन सहयोग गर्ने पहिलो औषधि भेटिएको दाबी बेलायतका विज्ञहरुले गरेका छन् ।

एउटा सस्तो र आम रूपमा उपलब्ध हुने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएका व्यक्तिको जीवन बचाउन सहयोग गर्ने बीबीसीले जनाएको छ ।

कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिले कोभिड–१९ विरुद्ध ठूलो सहयोग मिल्ने जनाइएको छ । यसले भेन्टीलेटरमा राखिएका बिरामीको मृत्यु हुने दर एक तिहाइले घटाउने र अक्सिजन दिइएका पाँचमध्ये एक बिरामीलाई जोगाउने दाबी विज्ञहरुले गरेका छन् ।

कोरोना भाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणमध्ये यो औषधि पनि एउटा हिस्सा भएको जनाइएको छ । उक्त औषधि शुरुदेखि नै पाइएको भए करिब ५ हजार बेलायतीको जीवन जोगिने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

यो औषधि सस्तो रहेको र यसले उच्च संख्यामा कोभिड–१९ का संक्रमित देखिएका गरीब देशहरूलाई ठूलो राहत दिनसक्ने बताइएको छ ।

डेक्सामेथासोनलाई सन् १९६० देखि नै दमदेखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ । यो औषधिको प्रयोगले भेन्टिलेटरमा राख्नुपर्ने आधा बिरामीको मृत्यु भइरहेको सन्दर्भमा उक्त जोखिमलाई एक तिहाइले घटाउन सकिने बताइएको छ ।

सघन कक्षमा राखिएका व्यक्तिहरूलाई नशामार्फत उक्त औषधि दिने गरिन्छ भने कम गम्भीर बिरामीलाई चक्कीका रूपमा दिइन्छ । कोरोनाविरुद्धको १३५ खोप भने परीक्षणकै चरणमा रहेको र यस वर्षको अन्तिमसम्ममा खोप विकास हुनसक्ने अपेक्षा गरिएको छ । एजेन्सी

Loading...
Loading...
Loading...

भारतले बनायो कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं, १७ असार । सिङ्गो विश्व अहिले कोरोना महामारी रोक्न सक्ने खोप विकासमा जुटिरहेका छन् । यसै शिलशिलामा छिमेकी देश...

अमेरिकी कम्पनीद्वारा कोरोनाको औषधि पत्ता लगाउन शेर्पाको डिएनएको अध्ययन

एजेन्सी– अमेरिकाको बायोटेक कम्पनीले नेपालका शेर्पाहरुको रगतमा डिएनए अध्ययन गरेर कोरोना भाइरसविरुद्धको उपचार विधिको खोजी सुरु गरेको छ । उच्च...

चिनियाँ राष्ट्रपति ‘किमजोङ’ भन्दै भाजपाका कार्यकर्ताले पुत्ला ज’लाएको भिडियो भाइरल

काठमाडौं, ०५ असार । लद्दाखमा भएको झ’डपपछि भारतमा चीनको बृहत् रुपमा विरोध भइरहेको छ । भारतमा विभिन्न दलका कार्यकर्ता तथा...

लद्दाखमा चीन–भारत सैन्य झडपः भारतीय एक अफिसरसहित दुई जवानको मृत्यु

काठमाडौं – चीन–भारतबीचको सीमाक्षेत्र लद्दाखमा जारी विवाद गहिरिएको छ। सोमबार राति दुई देशका सेनाबीच हिंस्रक झडप भएको छ। यस झडपमा...

५० प्रतिशत कोरोना संक्रमित उपचारपछि घर फर्किए, कुन देशमा कति निको भए ? (सूचिसहित)

काठमाडौं, २९ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितहरु निको हुने क्रम बढेको छ । सङ्क्रमण देखिएका मध्ये अहिलेसम्म...

भारतसँगको सीमा नजिक चीनले लग्यो हजारौं सैनिक

चीनले एक घण्टाभित्र भारतसँग सीमा जोडिएको हिमालय क्षेत्रमा परिचालन गर्ने मिल्ने गरी हजारौं प्याराट्रुपर्स, हतियारबन्द गाडी तथा हतियारसहित सैन्य ड्रिल...

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघ्यो

काठमाण्डौ – विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ । विश्वको कोरोना भाइरसबारेको तथ्याङक सार्वजनिक गरिरहेको...

कोरोनाभाइरस अन्तिम महामारी होइन भन्दै वैज्ञानिकले दिए चेतावनी

मानिसले वन्यजन्तुबाट मानिससम्म फैलने र संसारभरी तीब्र रुपमा संक्रमण फैलने रोगका लागि ‘निकै अनुकुल स्थिती पैदा गरिदिएको’ भन्दै वैज्ञानिकले चेतावनी...