लद्दाखमा चीन–भारत सैन्य झडपः भारतीय एक अफिसरसहित दुई जवानको मृत्यु – Janata Live
  • Monday, August 10, 2020

लद्दाखमा चीन–भारत सैन्य झडपः भारतीय एक अफिसरसहित दुई जवानको मृत्यु

  • जनता लाइभ
  • असार ०२, २०७७

लद्दाखमा चीन–भारत सैन्य झडपः भारतीय एक अफिसरसहित दुई जवानको मृत्यु

काठमाडौं – चीन–भारतबीचको सीमाक्षेत्र लद्दाखमा जारी विवाद गहिरिएको छ। सोमबार राति दुई देशका सेनाबीच हिंस्रक झडप भएको छ। यस झडपमा भारतीय सेनाका अफिसरसहित दुई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

गलवान घाटीमा दुई देशका सैनिकबीच स्थितिलाई सामान्य गर्न भइरहेको वार्ताका क्रममा घटना भएको हो। यस झडपमा चीनका पनि केही सैनिकलाई चोट पुगेको छ। झपडका क्रममा कुनै गोली चलेनन्। हातपातमात्रै भएको जनाइएको छ।

भारतीय सेनाको तर्फबाट दिइएको आधिकारिक बयानमा गलवान घाटीमा सोमबार राति डि–एस्केलेसनको प्रक्रिया हुुँदै गर्दा चिनियाँ र भारतीय सैनिकहरुबीच हिंस्रक झडप भएको थियो। यस क्रममा भारतीय सेनाका एक अफिसरसहित दुई जवान सहीद भएका छन्। दुवै देशका वरिष्ठ सैन्य अधिकारीहरु घटनालाई शान्त बनाउन बैठक गरिरहेका छन्।

चीन र भारतबीच मे महिनाको सुरुवातदेखि लद्दाख बोर्डरमा तनावपूर्ण माहोल बनेको थियो। चिनियाँ सैनिकले भारतद्वारा तय गरेको एलएसी पार गर्दै गलवान घाटीसम्म आएको बताउँदै आएको छ। चीनको तर्फबाट यहाँ करिब पाँच हजार सैनिक तैनाथ गरिएको छ। साथै, सैन्य सामग्री पनि एकट्ठा गरिएको छ।

दुवै देशका सेनाले लामो समयदेखि विवाद अन्त्य गर्न प्रयास गरिरहेका थिए। दुवै देशका उच्च सैनिक अधिकारीबीच ६ जुनदेखि लगातार वार्ता चलिरहेको थियो। वार्तामा दुवै देशका सैनिक केही किलोमिटर पछाडि हट्ने सहमति बन्दै समेत गरेको थियो।

यद्यपि, प्रक्रिया चलिरहेकै अवस्थामा दुवै देशका सैनिकबीच हिंस्रक झडप भएको हो। करिब ५० वर्षपछि एलएसी क्षेत्रमा चीन–भारतबीच यसखाले स्थिति बनेको हो।

Loading...
Loading...
Loading...

भारतले बनायो कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं, १७ असार । सिङ्गो विश्व अहिले कोरोना महामारी रोक्न सक्ने खोप विकासमा जुटिरहेका छन् । यसै शिलशिलामा छिमेकी देश...

अमेरिकी कम्पनीद्वारा कोरोनाको औषधि पत्ता लगाउन शेर्पाको डिएनएको अध्ययन

एजेन्सी– अमेरिकाको बायोटेक कम्पनीले नेपालका शेर्पाहरुको रगतमा डिएनए अध्ययन गरेर कोरोना भाइरसविरुद्धको उपचार विधिको खोजी सुरु गरेको छ । उच्च...

चिनियाँ राष्ट्रपति ‘किमजोङ’ भन्दै भाजपाका कार्यकर्ताले पुत्ला ज’लाएको भिडियो भाइरल

काठमाडौं, ०५ असार । लद्दाखमा भएको झ’डपपछि भारतमा चीनको बृहत् रुपमा विरोध भइरहेको छ । भारतमा विभिन्न दलका कार्यकर्ता तथा...

भेटियो कोरोना संक्रमणबाट बचाउने पहिलो औषधि

काठमाडौं, ३ असार । कोरोना भाइरस संक्रमितको जीवन जोगाउन सहयोग गर्ने पहिलो औषधि भेटिएको दाबी बेलायतका विज्ञहरुले गरेका छन् ।...

५० प्रतिशत कोरोना संक्रमित उपचारपछि घर फर्किए, कुन देशमा कति निको भए ? (सूचिसहित)

काठमाडौं, २९ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितहरु निको हुने क्रम बढेको छ । सङ्क्रमण देखिएका मध्ये अहिलेसम्म...

भारतसँगको सीमा नजिक चीनले लग्यो हजारौं सैनिक

चीनले एक घण्टाभित्र भारतसँग सीमा जोडिएको हिमालय क्षेत्रमा परिचालन गर्ने मिल्ने गरी हजारौं प्याराट्रुपर्स, हतियारबन्द गाडी तथा हतियारसहित सैन्य ड्रिल...

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघ्यो

काठमाण्डौ – विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ । विश्वको कोरोना भाइरसबारेको तथ्याङक सार्वजनिक गरिरहेको...

कोरोनाभाइरस अन्तिम महामारी होइन भन्दै वैज्ञानिकले दिए चेतावनी

मानिसले वन्यजन्तुबाट मानिससम्म फैलने र संसारभरी तीब्र रुपमा संक्रमण फैलने रोगका लागि ‘निकै अनुकुल स्थिती पैदा गरिदिएको’ भन्दै वैज्ञानिकले चेतावनी...