क्वारेन्टाइनबाटै २ सन्तानकी आमा प्रेमिका सँग भागिन – Janata Live
  • Wednesday, October 28, 2020

क्वारेन्टाइनबाटै २ सन्तानकी आमा प्रेमिका सँग भागिन

  • जनता लाइभ
  • जेठ ०७, २०७७

क्वारेन्टाइनबाटै २ सन्तानकी आमा प्रेमिका सँग भागिन

रौतहट र रौतहटमा एक २२ वर्षीया महिला गाउँकै क्वारेन्टाइनबाट रौतहटको कटानी बस्ने प्रेमीसँग फरार भएको आरोपमा बारा प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टाइनमा राखेको छ । घटना हो बाराको निजगढ नगरपालिका वडा नम्बर १२ को ।

उनलाई दुई जना महिला सुरक्षाकर्मीको निगरानीमा निजगढको गौरीशंकर क्याम्पसको क्वारेन्टाइनमा राखिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिए। उनी क्वारेन्टाइनमा बस्दै आएको अवस्थामा वैशाख ११ गते दिउँसो १ बजे रौतहटका प्रेमीसँग फरार भएकी थिइन्। आफ्नी ठूली दिदीसँग क्वारेन्टाइनमा बस्दै आएकी ती महिला २ सन्तानकी आमा भएको र २ वर्ष पहिले श्रीमानसँग सम्बन्ध विच्छेद् भइसकेको खुलेको छ। रेन्टाइनबाट भागेको दिदीले थाहा पाएपछि वडा नम्बर १२ का वडाध्यक्ष ज्ञानबहादुर गोलेलाई जानकारी गराएकी थिइन्।

प्रहरीले दुवैलाई सोही वडाको भरतगंज सिघौलको गेट नजिकबाट राति २ बजे भागेकै दिन पक्राउ गरेको बारा प्रहरीले जनाएको छ। काठमाडौंमा डेरा गरी बस्दै आएकी महिला ठूली दिदी वैदेशिक रोजगार कुवेतबाट फर्केपछि उनीसँगै बस्दै आएकी थिइन्।

त्यही समयमा लकडाउन शुरु भएपछि तीन दिन पैदल हिँडेर दिदी बहिनी बारा पुगेपछि बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्ने नियम अनुसार क्वारेन्टाइनमा राखिएको थियो। प्रेमी युवक पनि उनीहरुसँगै काठमाडौंबाट हिँडेर रौतहट गइरहँदा बाटोमा दुवैबीच चिनजान र नम्बर आदानप्रदान हुँदै प्रेममा परेका थियो। क्वारेन्टाइनमा बसे तापनि ती महिलाले प्रेमीसँग दिनहुँ फोनमा कुराकानी गरिरहेको भेटिन्थिन्।

वैशाख ११ गते ती महिला पर्खाल नाघेर उनीसँग भागेकी थिइन्। क्वारेन्टाइनमा बसेकी महिलालाई भगाउने युवकलाई बारा प्रहरीले रौतहट कटानीका वडाध्यक्षको जिम्मा लगाएर घर पठाएको छ ।

Loading...
Loading...
Loading...

धेरै सेक्सी भएको भन्दै नायिकालाई एक वर्ष फिल्म खेल्न प्रतिवन्ध

एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ । देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई...

यी महिला हुन् जसले १० हजार जनासँग सेक्स गरेकी छिन्

एजेन्सी-अष्ट्रेलियाकी एक महिला अहिले चर्चामा छिन् । ३९ वर्षकी ग्वाइनेथ मन्टेनग्रो आफ्नो द सेक्रेट ट्याबु नामको किताबमा गरिएको खुलासाका कारण...

१३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले जन्माइन् बच्चा

काठमाडौं । आश्चर्यको खबर, बेलायतमा एक १३ वर्षीय बालक बच्चाका पिता बनेको खबर चर्चामा रहेको छ । उनलाई बाबु बन्ने...

यस्तो देश जहाँ बला’त्कारीलाई बेहुली उपहार दिइन्छ

यो खबर सुनेपछि तपाईँ पक्कै अचम्ममा पर्नुहुने छ । संसारमा एउटा यस्तो ठाउँ पनि छ जहाँ बला८तकारीलाई इनाम बापत बेहुली...

बिना अपरेशन एकै पटक चार सन्तान जन्माएर संसार जितेकी सवनम सधैको लागि अस्ताइन !

एजेन्सी– सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती...