रियल बेटिसका थप तिन खेलाडीमा कोरोना संक्रमण – Janata Live
  • Monday, August 10, 2020

रियल बेटिसका थप तिन खेलाडीमा कोरोना संक्रमण

  • जनता लाइभ
  • बैशाख २८, २०७७

रियल बेटिसका थप तिन खेलाडीमा कोरोना संक्रमण

काठमाडौं – ला लिगा क्लव रियल बेटिसका थप तीन जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ । कोरोनाका कारण स्थगित रहेको ला लिगा सुचारु गर्ने योजना भइरहेका बेला एकपछि अर्को गरि क्लवका खेलाडीमा यसको संक्रमण देखिएको हो ।

प्रशिक्षण सुरु गर्नुभन्दा अगाडी टिमका खेलाडीको परिक्षण गर्दा बेटिसका तीन खेलाडीमा संक्रमण देखिएको छ । योसँगै ला लिगाका शिर्ष क्लवका खेलाडीमा संक्रमण देखिनेको संख्या ६ पुगेको छ ।

जुन २० तारिखमा लिग सुचारु गर्ने योजनामा संक्रमण देखिनेक्रम बढेपछि धक्का पुग्ने देखिएको छ । यसअघि एट्लेटिको मड्रिडका डिफेन्डर रेनन लाडी, एथ्लेटिक विल्बाओका गोलकिपर एलेक्स रेमिरो र ग्रानाडाका यंगेल हिरीरामा संक्रमण देखिएको थियो ।

लेगानेसका प्रशिक्षकले खेलाडीमा कोरोना संक्रमण देखिने सक्ने भन्दै ला लिगा सुचारुका लागि पाँच साताको समय चाहिने बताएका थिए । ला लिगामा ११ चरणका खेलहरु बाँकी रहेका छन ।

यो सिजनलाई जुलाई २६ तारिखमा सक्ने उद्देश्यका साथ ला लिगा सुचारु गर्ने तयारी भएको छ । तर अब यसको भविष्यमा पनि अन्योल देखिएको छ ।

Loading...
Loading...
Loading...

राखेपमा सदस्यसचिवका लागि दौड तीव्र

काठमाडौं, ४ साउन । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी प्रमुख सदस्य सचिवका लागि यतिबेला २७ जनाको नाम चर्चामा छ । खेलकुद...

रामोसको गोलमा रियल म्याड्रिडको जित, बार्सिलोना चार अंकको पछि

एजेन्सी । स्पेनिस ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिडले बार्सिलोनालाई चार अंकले पछि पारेको छ । गएराति रियलको घरेलु मैदानमा...

नेपालका दुई क्रिकेटर विश्वको उत्कृष्ठ २० युवा खेलाडीमा

काठमाडौ – नेपाली खेलाडी नेपाली क्रिकेटर सन्दीप लामिछाने र कुशल मल्ल युएईबाट प्रकाशित हुने द नेसनलले सार्वजनिक गरेको विश्वका २०...

स्पेनिस फुटबल संघ र सरकारबीच उचित समयमा ला लिगा सुरु गर्ने सहमति

स्पेन, ८ बैशाख । स्पेनिस फुटबल संघ र सरकारबीच उचित समयमा ला लिगा सुरु गर्ने विषयमा सहमति भएको छ ।...

टी–२० श्रृंखला : दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण स्थगित

काठमाडौं, ९ बैसाख । डेढ महिनापछिका लागि तय भएको दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण स्थगित भएको छ । कोरोना भाइरस महामारीका...

मिडफिल्डरको खोजीमा बार्सिलोना

बार्सिलोना - विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यतिबेला विश्व फुटबल सुस्ताएको छ। युरो कप, कोपा—अमेरिकाजस्ता कतिपय ठूला प्रतियोगिता...

रियलले पनि खेलाडीको तलब कटौती गर्ने

काठमाडौं । कोरोना भाइरसले क्लब फुटबलमा आर्थिक संकट निम्त्याएपछि स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडले पनि खेलाडीको तलब कटौती गर्ने भएको...

चेल्सी छाड्ने धुनमा विलियन

लन्डन - ब्राजिलियन खेलाडी विलियनले इङ्लिस प्रिमियर लिग क्लब चेल्सी छाड्न सक्ने संकेत दिएका छन्। आगामी समरमा आफूले चेल्सी छाड्न...