बौद्ध धर्ममा स्तुपको अर्थ, महत्व र इतिहास – Janata Live
  • Tuesday, August 4, 2020

बौद्ध धर्ममा स्तुपको अर्थ, महत्व र इतिहास

  • सांगे लेग्देन गुरुङ (भूपेन)
  • बैशाख १५, २०७७

बौद्ध धर्ममा स्तुपको अर्थ, महत्व र इतिहास

त्रिकालको सम्पूर्ण बुद्ध बोधिसत्व र मेरो मूल गुरु श्रद्धेय खेन्पो साङ्गे राङज्युङ रिन्पोक्षे ज्युको चरणगमन । हामी सबै प्राणीमा बुद्धताको हेतु भएरै पनि राग, द्वेष, अविद्या, ईर्ष्या, अहंले ग्रसित भई सांसारीक प्राणी हुन बाध्य छौँ । यस्तो क्लेशबाट शीघ्र मुक्त हुँदै परमसत्य बोधार्थ सदैव गुरुप्रति सदमार्गको अपेक्षा र गुरुको सुस्वास्थ दीर्घायुको प्राथना कामना गर्दछु ।

स्तुपको इतिहास

स्तुपको महत्त्व र सम्मान बौद्ध धर्ममा अति उच्च रहेको छ । स्तुपलाई सम्पुर्ण त्रिकालको बुद्ध तथा बोधिसत्वहरुको चित्तको प्रतीक पनि मानिन्छ । छ्योतेन स्तुपको शाब्दिक, अर्थ पुज्यस्थान, अथवा स्तुति स्थान, अर्पण स्तम्भ, र पूजा गर्न लायक स्थान हुन्छ ।

स्तुप निर्माणको इतिहास हेर्दा संसारको सात वीर बुद्ध मध्ये प्रथम सत्ययुगको बुद्ध विपश्वी र शिखि बुद्धकै समयकालदेखि निर्माण भएको उल्लेख शास्त्रहरुमा पाउछौ । विपश्वी बुद्ध बन्धुमति नगरबाट नागदह (हालको काठमाडौं)जुन समयमा ठूलो पोखरी थियो र त्यहा विपश्वी बुद्धले, चैत पूर्णिमाको दिन कमलको बीउ रोपेर कालान्तरमा त्यसैको कारण स्वयम्भू महास्तुपको निर्माण भएको शास्त्रहरुमा उल्लेख छ ।

त्रेतायुगको बुद्ध विश्वभु तथा क्रकुच्छन्द

द्वापरयुगको कनकमुनि र काश्यप बुद्धहरुको समयकालमा पनि धेरै स्तुपहरु बन्ने क्रम यथावत रह्यो । शाक्यमुनि गौतम बुद्धकै समयमा पनि भिक्षु आनन्दसंग भएको अर्हत् शारिपुत्रको अस्तिधातु राखेर अनाथपिण्डकले बुद्ध भगवानको अनुमतिमा स्तुप निर्माण गर्नु भएको थियो । पछि बुद्ध भगवानको महापरिनिर्वाण पश्चात् उहाँको अस्थिधातु राखेर मगध राजा अजातशत्रु, वैशालीको लिच्छवीहरु, कपिलवस्तुको शाक्यहरु, अल्लकप्पका बुलयहरु तथा रामग्रामको कोलियहरुले स्तुप निर्माण गरेका थिए ।

हालसम्म पनि नेपाली भूभागमा पर्ने ती ऐतिहासिक मध्ये एक रामग्राम स्तुप दर्शनीय रहेको छ । आज भोलि पनि हामी नेपालकै, बुटवलदेखि केहि समय पुगेर उक्त स्तुपको दर्शन गर्न सक्छौ । जुन हाम्रो भाग्य पनि हो ।

त्यस्तै गौतम बुद्धको जीवनीसंग सम्बन्धित आठौं प्रसंगको आठ स्मारक चैत्य पनि जनमानसमा निक्कै लोकप्रिय रहेको छ । जुन पहाडी तथा हिमालय क्षेत्रको प्रायःजसो गुम्बाहरुमा आठ स्तुप निर्माण हुने परम्परा हालसम्म पनि जीवन्त रहेको छ । हामी धेरैजसो गुम्बाकोवरिपरि आठ स्तुपको देख्छौँ ।

आठ स्तुपको अर्थ यस्तो छ ।

१. पद्मकुट स्तुपः प्रथम यो स्तुप राजा सुद्धोदनले लुम्बिनीमा निर्माण गर्नु भएको थियोे यो बुद्धको जन्मसंग सम्बन्धित मानिन्छ ।

२. बोधिस्तुपः प्रथम यो स्तुप मगध सम्राट बिम्बिसारले बोधगयामा बुद्धले बुद्धत्व ज्ञान पाएको स्मृतिमा निर्माण गर्नु भएको थियोे ।

३. मंगलद्वार स्तुपः यो स्तुप बुद्धले सारनाथमा प्रथम पटक धर्मचक्र प्रवर्तन गरेको स्मरणमा पाँच भिक्षु जो सबै ब्राह्मण पुत्रहरु हुनुहुन्थ्यो, उहाँहरुले निर्माण गर्नु भएको थियोे ।

४. प्रातिहार्य स्तुपः यो स्तुप चेतवनमा मार तथा बौद्ध धर्म शिक्षा विरोधीहरुमाथी विजय हासिल गर्नु भएको स्मरणमा लिच्छवीहरुले वैशालीमा निर्माण गर्नु भएको थियोे ।

५. देवअवतरण स्तुपः यो स्तुप तुषित लोकमा भगवान् बुद्धले आफ्नो आमा तथा देवदेवीलाई धर्मप्रदान गरेर फर्कनु भएको खुशियालीमा जनसमुदायले सांकाश्यमा निर्माण गरेका थिए ।

६. संघ पुनगठन स्तुप अथवा अन्तर सन्धि स्तुपः देवदत्तले राजगृहको वेलुवनमा धर्म संघलाई केही क्षण आघात पुर्याएर पुनःधर्म संघ एकीकृत भएको स्मरणमा मगध जनताबाट निर्माण भएको थियो ।

७. विजयी स्तुपः यो स्तुप बुद्ध भगवान् ८० बर्षको उमेरमा महापरिनिर्वाण प्रात गर्नु हुने बखत भिक्षु आनन्द आदिले केही विन्ती पुर्ण भए अनुसार निर्माण भएको थियो ।

८. निर्वाण स्तुपः यो स्तुप बुद्ध भगवानले निर्वाण प्रात गरेको दुःखदायी क्षणमा त्यहाँको राजाले कुशीनगरमा निर्माण गर्नु भएको थियो ।

यस्तो सदियौदेखिको परम्परा महत्त्वको स्तुप निर्माणकार्य आधुनिक समयमा पनि संसारभर कायमै रहेको पाईन्छ । चाईना, जापान, नेपाल, भारत, मंगोलिया, श्रीलंका, थाइल्यान्ड र बर्मामा दुई हजार बर्ष भन्दा पुरानो अनगिन्ती स्तुपहरु हामी आज पनि दर्शन गर्न सक्छौं।

युरोप तथा संसारमै आजभोलि स्तुप एकदमै धेरै निर्माण भएको छ । हाम्रो भौतिक शरीरको अन्त पछि मृतकको नाम र स्मृतिमा स्तुप बनाउने परम्परा पनि चल्दै आएको छ । तर विधिवत स्तुपको निर्माण गर्दा साधारण मान्छेको अस्तु राखिदैन । कतै राख्ने चलन भएपनि यो बौद्ध स्तुप निर्माण मान्यताको विपरित हुन जान्छ ।

पहाडी तथा हिमाली क्षेत्रमा देखिने च्याङछ्पुप् छ्योर्तेन

च्याङछ्पुप् छ्योर्तेन् अर्थात् बोधिस्तुप र स्तुप निर्माणको प्रक्रिया, च्याङछ्युप छोर्तेन अर्थात बोधिस्तुप भन्नाले भगवान् बुद्धले ३५ बर्षको उमेरमा बुद्धगयाको बोधिवृक्षमा बुद्धत्व ज्ञान हासिल गरेको स्मरणमा बुद्धगयामा यो स्तुप मगध सम्राट बिम्बिसारले निर्माण गर्नु भएको थियोे ।

यो स्तुप आठै स्तुपको एकै संग्रह पनि मानिन्छ । बोधिस्तुप विधिपूर्वक निर्माण गर्नाले माथिको आठै स्तुपको प्रतिनिधित्व पनि हुन्छ । यसमा तीनतहको पेटि माथि चतुर्भुज आकारको कुम्भ हुन्छ । यसलाई शान्ति स्तुप पनि भनिन्छ । विभिन्न मार विध्नबाधा र अनिष्टलाई रोकथाम गर्ने शान्तिस्तुप । शान्ति स्तुपले हामीले हाम्रो जीवनमा व्यवहारिक रुपमै सहनशीलता सत्कर्म धैर्यता अपनाउनु पर्छ भन्ने सन्देश पनि दिन्छ ।

के हुन्छ स्तुप भित्र?
स्तुप भित्र स्तुपको मध्यभागमा चन्दन धुपि अथवा यस्तै दुर्लभ काठको (सोकसिङ) मेरुदण्ड विधिसम्मत काटेर पुर्व पश्चिम चारै दिशा छुट्टयाएर रन्जना लिपिमा सुनको अक्षरले अति पवित्र मन्त्र लेखिन्छ । काठको मेरुदण्डमा शीरको ब्रम्हनलि देखि नाभि सम्मको अतिनै गोप्य गुह्य मण्डलको मन्त्र लेखिन्छ । यहाँ अति विधिवत परम्परा तथा होसियार अपनाइन्छ । यो लेख्न गुरु आज्ञाअभिषेक आगम तथा साधना महत्त्वपूर्ण मानिन्छ । काय वाक चित्तको प्रतीक मन्त्र तथा सामाग्री हरु माथिल्लो कुम्भभागमा हालिन्छ ।

बुद्ध बचनको शास्त्र किताबहरु विभिन्न तीर्थ, पवित्र स्थलको माटो, हिमालको, धातु, मध्यपहाडको मणि रत्न, समुन्द्रको खार अनि संसारको अमुल्य पञ्चरत्न जुन थोरै विधिमात्रै भए पनि राखिन्छ ।

तल गद्दी स्थानमा पूजा विधि अनुसारको

१. सा, पुम्पा “““ भुमिपति लोटा ,
२. (ल्हु,पुम्पा ““ नाग लोटा)
३. सह लोटा ““ याङपुम्वा,)

(छ्छाचा) माटोको सानोसानो धेरै स्तुप तथा पुरानो सामनहरु ।

सबैभन्दा तल गृहस्थहरुलाई अति आवश्यक कुट्टो कोदालो, फालि, हात हतियार भाडाबर्तनहरु पनि राखिन्छ । अन्नपात सतबीउ हर्रा बर्रा अमला पाँच अमला आदि महत्त्वपूर्ण जडिबुटी हरुपनि राख्नै पर्छ ।

स्तुपको परिक्रमा तथा पूजा गर्दाको फाईदा

स्तुप बुद्ध तथा बोधिसत्वहरुको चित्तको प्रतीक हुनाले यहाँ पूजा आराधना गर्दा सम्पूर्ण बुद्ध बोधिसत्वलाई पूजा सत्कार गरेको झै पुण्य पाईन्छ ।स् तुपमा राखेको करोडौं पवित्र मन्त्रहरुको प्रतापले स्तुपमा पूजा परिक्रमा गर्नाले तनमन बचनद्वारा सञ्चय गरेको कुकर्महरु क्षय हुँदै जाने तथा सत्कर्ममा प्रेरणा र पाप नष्ट हुन्छ ।

स्तुप भित्रको विभिन्न धातु तथा रत्नहरुको प्राकृतिक उर्जाले मनोकामना पुर्ण हुन्छ । स्तुप निर्माण गर्दा विधिवतरुपले राखेको पञ्च अन्नको सह प्रतापले गाउँमा अन्न उब्जनी राम्रो तथा अभाव कहिले हुदैन् । फालि तथा कुट्टो कोदालो घरायसी काममा चाहिने सामग्रीको प्रभावले खेतीपाती राम्रो हुन्छ । बहुमुल्य जडिबुटीको प्राकृतिक शक्तिले स्तुपमा पूजा प्राथना गर्नाले रोग कष्टहरु न्यूनीकरण भएर जानेछ् ।

गाउँघरमा स्तुपको स्थापना गर्नाले महामारी अनिकाल भोकमरी जस्तो आपतहरु कहिले हुदैन । साथै गाउँघर तथा निर्माणकर्ताको घरमा सहको बास तथा स्तुपको पुण्य प्रभाव कालान्तर सम्मै रहनेछ ।

स्तुप निर्माण गर्दा अथाह पुण्यहरु प्रात हुन्छ । स्तुप निर्माणगर्दा एकमुठि बालुवा मात्रै आफ्नो रगत पसिनाले आर्जित पैसाले किनेर तथा आफै श्रम कर्म गरेर लगाएमा युगौँ युगसम्म स्तुपमा अरुले पूजाश्रद्धा गर्दा पनि त्यो दातालाई पुण्य प्राप्ति भैरहन्छ ।

जसको पुण्यले हाम्रो मृत्यु पश्चात् आआफ्नै कर्मले गर्दा कतै १) पशुलोक २) प्रेतलोक ३)नर्कलोक ४)देवलोक ५) असुरलोक ६) मनुष्यलोक । यी ६, लोकमध्ये माथिको तीन दुर्गतिमा भए त्यहाँबाट शीघ्र मोक्ष प्रात हुने तथा तीन सुगतिमै भए पनि दिनानुदिन हाम्रो समृद्धि, ऐश्वर्य, स्वास्थ सफल हुने र पुण्य प्राप्त भइरहन्छ । अन्य कुरामा खर्च गरेको भन्दा स्तुपमा खर्च गरेको पुण्य अथाह हुन्छ । मृतकहरुको चित्त अनेकौं असन्तुष्टि मोहले दुर्गीतमा जाग्रीति (प्रेत) भएर अन्तरभावमै रुमल्ली रहेकोहरुपनि सन्तान आफन्तहरुले स्तुप निर्माण गरेर पुण्य अनुमोदन गर्नाले प्रेत अन्तरभावबाट मुक्त हुन्छ ।

अन्य कुरामा हाम्रो धनसम्पत्ति खर्चनाले राग, द्वेष, ईष्र्या, घमण्डता र पश्चताप धेरै आउँछ । तर स्तुप आदि आध्यात्मिक बस्तुले जोकोहीको पनि मनमा श्रद्धा आस्था हुने हुँदा स्तुप निर्माण गरेको पुण्य विषेश हुन्छ ।

स्तुप दर्शनले ६ लोकनै विशेषतः प्रेतलोक तथा पशुलोक प्राणीको दर्शन उद्धार फाईदा हुनेछ् । योग्य गुरुबाट सुप्रतिष्ठा भएको स्तुपमा दर्शन पूजा मात्रै गर्नाले सदीयौंदेखिको गालीश्राप ऋण तथा पाप काटिने र पुण्य सञ्चय हुन्छ ।

स्तुपलाई अपहेलना गरे हुने हानी नोक्सानी

यदी कसैको यस्तो आध्यात्मिक अमुल्य स्तुपको तोडफोड आगजनी तथा हानी नोक्सानी पुर्याएमा (पाच आनन्तर्य) पाच महापापझै पाप लाग्नेछ । पितृघात, मातृघात, अर्हतघात, संघभेद्, साधु सन्त, गुरु तथा अर्हतको कायमा दुर्भावना पुर्वक कुटपिट गरेको झै पाप लाग्छ ।,साथै यस्तो जनहितकारी स्तम्भ सम्पदा तोडफोड गर्नाले जीवनमा जहिले अभाव दुख रोग अपजस आरोप अकल्पनीय घटनाहरुको जहिल्यै समना गर्नु पर्छ ।

Loading...
Loading...
Loading...

सोमबार, राम्रो छ यी ३ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउँन...

भगवान गौतम बुद्धको फोटोलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईको दिन शुभ रहोस् ‘नमो बुद्धाया’

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइ बिद्यार्थिहरुले राम्रो प्रगति गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्ने छ भने,...

शुक्रबारको दिनमा सन्तोषी माँको प्राथना गर्नाले मनोकामना पुरा हुने विश्चवासका साथ आजको राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शुभकार्यको चर्चा...

श्री गणेश भगवानको फोटोलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईंको आजको दिन सिद्ध रहनेछ ।। #ॐ:गणेशाय नम:

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा...

बुधबारको दिनमा मुक्तीनाथको दर्शन गर्नाले मनोकामना पुरा हुने विश्वासका साथ २०७७ साल साउन १४ गतेको राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी काम धन्दाका...

सुत्नु अघि नाग मणिको दर्शन गरि भोलिको राशिफल पढ्नुहोस् साथै भेटि स्वरुप लाईक कमेन्ट सेयर गर्नुहोस् धन लाभ हुनेछ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्ययम रहेकोले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित...

मंगलबारको दिनमा श्री गणेश भगवानको प्राथना गर्नाले मनोकामना पुरा हुने विश्चवासका साथ आजको राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनैतिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने...