“सुरुमा समस्याको मूल कारण बुझ्नुहोस् र त्यसपछि नै त्यसको हल गर्न अग्रसर हुनुहोस्” – Janata Live
  • Monday, August 10, 2020

“सुरुमा समस्याको मूल कारण बुझ्नुहोस् र त्यसपछि नै त्यसको हल गर्न अग्रसर हुनुहोस्”

  • जनता लाइभ
  • बैशाख १०, २०७७

“सुरुमा समस्याको मूल कारण बुझ्नुहोस् र त्यसपछि नै त्यसको हल गर्न अग्रसर हुनुहोस्”

गौतम बुद्धसँग जोडिएका कथामा हामीले जीवनका सबै दुःख भगाउने सूत्र पाउँछौं । यदि यी सूत्रलाई व्यवहारमा लागु गर्ने हो भने हामी सुखी हुन सक्छौं । यहाँ यस्तै एक कथाबारे जानकारी लिऔं जसमा समस्यालाई कसरी टाढा राख्ने भनेर सिकाइएको छ‘

– एकदिन बुद्धका सबै शिष्य कथा सुन्न जम्मा भएका थिए । केही समयपछि गौतम बुद्ध हातमा डोरी बोकेर आए । प्रवचन दिन आएका बुद्धको हातमा डोरी देखेर शिष्य चकित परे । आफ्नो आसनमा बसेर बुद्धले डोरीमा तीनवटा गाँठो बनाए । त्यसपछि उनले शिष्यलाई सोधे, ‘के यो डोरीमा पहिलेदेखि नै गाँठो थियो रु’

– यो प्रश्नको जवाफमा एक शिष्यले यसको उत्तर थोरै मुश्किल भएको बताए । उनले भने, ‘यो हाम्रो दृष्टिकोणमा निर्भय हुन्छ । यो डोरी त्यही हो, यसमा खासै कुनै परिवर्तन छैन ।’

यस्तै अर्का शिष्यले भने, ‘अब यसमा तीनवटा गाँठो पारिएका छन् जुन डोरीमा पहिले थिएन । त्यसकारण डोरीलाई परिवर्तन गरियो भन्न सकिन्छ ।’

यस्तै, केही शिष्यले भने, ‘मूलरुपमा डोरी त्यही हो, तर गाँठोका कारण यो परिवर्तन भइसकेको छ ।’

– बुद्धले शिष्यको कुरा ध्यानपूर्वक सुने । त्यसपछि उनले भने, ‘तपाईंहरु सबैजना सही हुनुहुन्छ । अब म यो गाँठो खोलिदिन्छ ।’ यति भनेर बुद्धले डोरीको दुईवटा टुप्पोलाई तान्न थाले । ‘के यसरी डोरीको गाँठो फुकाउन सकिन्छ रु’ बुद्धले प्रश्न गरे ।

– शिष्यले उत्तर दिए, ‘यस्तो गर्दा त गाँठो झन् कस्सिन्छ । यसरी गाँठो फुकाउन थप मुश्किल हुनेछ ।

– बुद्धले भने, ‘ठिक । अब भन्नुहोस् त यो गाँठो खेल्नका लागि हामीले के गर्नुपर्छ रु’ शिष्यले भने, ‘हामीले ती गाँठो कसरी बनेका छन् भनेर ध्यानपूर्वक हेर्नुपर्छ । त्यसपछि ती गाँठोलाई सजिलै खोल्न सकिन्छ ।’

– बुद्धले यो जवाफमा सुन्तुष्टि प्रकट गर्दै भने, ‘एकदम सही । हामी जतिबेला समस्यामा फस्छौं तब हामी त्यसको कारण थाहा नपाई त्यसको हल खोज्न थाल्छौं । जबकी हामीले सुरुमा समस्याको मूल कारण बुझ्नुपर्छ । जब समस्याको कारण बुझ्नुहुन्छ तब हामीले त्यो निकै सजिलै सुल्झाउन सक्छौं । त्यसकारण सुरुमा समस्याको मूल कारण बुझ्नुहोस् र त्यसपछि नै त्यसको हल गर्न अग्रसर हुनुहोस् ।’

Loading...
Loading...
Loading...

लियोनार्दो दा भिन्ची : जसलाई नजन्मिँदै बाबुले छाडेका थिए

ती नारी सधै नै रहस्यको पात्र बन्दै आएकी छिन्, जसको कोखबाट जन्मेको एउटा नाजायज सन्तानले मोनालिसाजस्तो विश्वप्रसिद्ध चामत्कारिक चित्र बनाएर...

सफलता त्यतिबेला मात्रै पाइन्छ जब हामी अन्तिम समयसम्म धैर्यवान् हुनेछौं

जीवनलाई सुखी र सफल बनाउनका लागि गरुड पुराणमा थुप्रै नीति बताइएका छन् । गरुण पुराण १८ वटा पुराणमध्ये एक हो...

ईर्ष्या दिमागका लागि क्यान्सर जस्तै घातक

अरुको प्रगती देखेर आफ्नो प्रगती होस् भन्ने चाहना राख्नु सामान्य हो । तर, अरुको प्रगति देखेर हामीले ईर्ष्या गर्न थाल्छौं...

विश्वकै महान हास्यव्यंग्यकार चार्ली च्याप्लिनका प्रेरणादायी भनाइहरु

चार्ली च्याप्लिन विश्वकै महान हास्यव्यंग्यकारका रुपमा चिनिन्छन । हास्य व्यंग्यका क्षेत्रमा च्याप्लिनले निकै ठूलो सफलता हात पारेका छन् । विभिन्न...

हाँस्ने मानिस जवान र सुन्दर देखिन्छ

जसले हाँस्न जान्दैन, उसले बाच्न पनि जान्दैन भन्ने उखान सबैले सुन्नु भएकै होला । हाँस्ने बानी सबैको हुन्छ । दिनमा...