शंकाको घेरामा बाँस्कोटाले अघि सारेको स्याटेलाइट परियोजना – Janata Live
  • Sunday, April 11, 2021

शंकाको घेरामा बाँस्कोटाले अघि सारेको स्याटेलाइट परियोजना

  • जनता लाइभ
  • फागुन १३, २०७६

शंकाको घेरामा बाँस्कोटाले अघि सारेको स्याटेलाइट परियोजना

काठमाडौँ, १३ फागुन । सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको तयारीस्वरूप गठन गरेको अध्ययन समितिको प्रतिवेदन र सार्वजनिक खरिद ऐनलाई लत्याउँदै बिनाप्रतिस्पर्धा (जी–टू–जीमार्फत) उनले परियोजना अघि बढाएका थिए । अध्ययन समितिले नेपालले राख्ने भनेको स्लट(१२३.३ पूर्वी देशान्तर)व्यावसायिक प्रयोजनका लागि अनुपयुक्त हुने भन्दै अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) सँग अर्को स्लट माग गर्न सुझाव दिएको थियो ।

बाँस्कोटाको युरोप भ्रमणका क्रममा गत वर्ष फ्रान्सेली कम्पनी थ्यालस एलेनियासँग स्याटेलाइट खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

दूरसञ्चार प्राधिकरणले २०७३ सालमा स्याटेलाइट निर्माणका लागि अन्तर्राष्ट्रिय रूपमा आशयपत्र माग गरेको थियो । जसमा अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए ।

यति धेरै प्रस्ताव परेको भए पनि सरकारले सोझै एक कम्पनीलाई जी–टू–जी प्रक्रियामार्फत स्याटेलाइट निर्माणको जिम्मा दिँदा लागत महँगो पर्ने र सरकारको भूमिका कम हुने जानकारहरू बताउँछन् ।, समाचार विजय तिमल्सिनाले कान्तिपूर दैनिकमा लेखेका छन् ।

बिनाप्रतिस्पर्धा एक कम्पनीसँग खरिद गर्न लागिएको भन्दै यो प्रक्रिया आलोचित बनेको छ । यो प्रक्रिया अब के हुने भन्ने नयाँ मन्त्रीको बुझाइ र बाँस्कोटामाथिको छानबिनमा निर्भर रहनेछ ।

Loading...
Loading...
Loading...

‘लभ परिराख्या बेला अदालतले जबरजस्ती डिभोर्स दिँदा घर फर्कन पर्‍यो’

काठमाडौं, २९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालसँग गहिरो ‘लभ’ परिरहेका बेला सर्वोच्च अदालतले ‘डिभोर्स’ गरिदिएको...

बहुमत खण्डित, सरकारमा संकट

काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि संघीय र प्रदेश...

कांग्रेसको प्रस्ताव : आफ्नै नेतृत्वमा सरकार

काठमाडौं, २८ चैत । कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)समक्ष गरेको...

संसदमा पनि गुट चलाउने खेलमा प्रधानमन्त्री ओली

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट...

स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस लगायत बन्द गर्नुपर्ने अवस्था आयो– प्रवक्ता गौतम

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ...

ललिता निवास प्रकरण : गच्छदारको मुद्दा पेसीमा

काठमाडौं–ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार एक वर्षपछि विशेष अदालत म्याद तामेलीको बारेमा निर्णय गर्न पेसीमा चढाएको...