बौद्ध दर्शन र शाकाहारी जीवनको महत्व र सम्बन्ध – Janata Live
  • Monday, August 10, 2020

बौद्ध दर्शन र शाकाहारी जीवनको महत्व र सम्बन्ध

  • भिक्षु आङ फुरि शेर्पा
  • फागुन ०६, २०७६

बौद्ध दर्शन र शाकाहारी जीवनको महत्व र सम्बन्ध

बुद्ध शब्द सुन्न साथ अहिंसा, करुणा, प्रेम, दया र दान आदि प्राणी हितसँग जोडिएर आउँछ । बुद्ध दर्शनमा शील, समाधि र प्रज्ञाको क्रमिक अध्ययन र अभ्यासबाट बुद्ध हुन्छ । शील नभए समाधि हुँदैन, समाधि नभए प्रज्ञा आउदैन र प्रज्ञा नभए बुद्ध हुँदैन ।

त्यसैले शील राम्रोसँग पालन गर्नु अपरिहार्य छ । बौद्ध दर्शनमा मानिसको क्षमता अनुसार धेरै प्रकारको शीलहरु । शील भनेको आफू र अरु प्राणीहरुलाई हानी नपुर्याउने मात्र नभई मन, वचन र कर्म(काम)ले हित उत्तम र सत्य व्यवहार, नियम, अनुशासन हो । शीलमा नरहेसम्म मनलाई शुद्ध बनाउन सकिन्न । शुद्ध मन भनेको अज्ञानता, रिस, राग, ईष्र्या र घमण्ड जस्ता क्लेश, अवगुण वा दोषहरु कम हुँदै अन्तमा पुरा हट्नु हो । शील क्लेशहरुबाट मुक्त हुने जग अथवा आधार हो । धेरै प्रकारको शीलहरु भए तापनि केही शीलहरु शाकाहारीसङ्ग संबंधित भएको यहाँ छोटकरीमा चर्चा गर्न चाहान्छु ।

प्रतिमोक्ष शीलः

१. पन्चशील अथवा उपसाक उपसिका शीलः

क. हत्या नगर्नु । ख। चोरी नगर्नु । ग। व्यभिचार नगर्नु । घ। झुठो नबोल्नु । ङ। मादक पदार्थ सेवन नगर्नु ।

२. आठ शीलः

क. हत्या नगर्नु । ख. चोरी नगर्नु । ग. व्यभिचार नगर्नु । घ. झुठो नबोल्नु । ङ. मादक पदार्थ सेवन नगर्नु । च. अकाल(दिउसो १२ बजेपछि)भोजन नगर्नु । छ. उच्च आसानमा नबस्नु । ज. गित, सङ्गीत, नृत्य नगर्नु र सुगन्ध, माला आदि नलगाउनु ।

३. श्रमणेर र श्रमणेरिका शीलः

यो शीलमा मुख्य चारवटा र सहायक छवटा छन् । यसलाई थप वर्गीकरण गर्दा छत्तिससम्म गर्न सकिन्छ ।

मुख्य चारवटाः

क. हत्या नगर्नु । ख. चोरी नगर्नु । ग. झुठो नबोल्नु ङ. यौन क्रिया नगर्नु ।
सहायक ६ वटाः

च. मादक पदार्थ सेवन नगर्नु । छ. अकाल(दिउसो १२ बजेपछि)भोजन नगर्नु । ज. उच्च आसानमा नबस्नु । झ. असक्तिका साथ गित, सङ्गीत, नृत्य नगर्नु । ञ. गरगहना तथा सुगन्ध नलगाउनु । ट. सुन, चाँदी तथा ठुलो रकम नराख्नु ।

४. भिक्षु र भिक्षुणी शीलः

श्रमणेर र श्रमणेरिका शील माथी थापेर जम्मा २५३ शीलहरु छ्न । अहिले यी सबै शील पालन गर्ने अपवादमा मात्र पाइन्छ भन्दा फरक नखाला भने पनि हुने अवस्थ छ ।

यी माथी उल्लेखित शीलहरु प्राय प्रतिमोक्षको शीलहरु हुन । यी शीलहरु शरीर र वचनले मात्र पालन गरे हुन्छ । मनले सोचेर शील नजाने भएको हुनाले सजिलो छ । तर विचार नगर्दा महायान (बोधिचित र वज्रयान)को शील भन्दा गाह्रो सम्झिन्छन । बोधिचित र वज्रयानको शील मनले अरु प्राणीहरुलाई सहयोग गर्न सकिने अवस्थ हुँदाहुँदै सहयोग नगर्ने सोच आउन साथ जाने वा नगए पनि खोट लाग्छन् । त्यसैले यो शील गएको पत्तै नपाउन पनि सक्छ र पालन गर्न वास्तवमा अति गह्रौ छ । तर मर्मत गर्न र पुनः लिन सकिन्छ । प्रतिमोक्षको शील यो जीवनमा एकपटक गएपछि पुनः लिन सकिन्न ।

शाकाहारी जीवनसँग जोडेर माथिको शीलहरु मध्ये सबैको पहिलो पाँचवटा शीलहरु साझा छन् ।

क. हत्या नगर्नु । ख. चोरी नगर्नु । ग. व्यभिचार नगर्नु । घ. झुठो नबोल्नु । ङ. मादक पदर्थ सेवन नगर्नु ।

क. हत्या नगर्नुः

कतिपयले सोच्ने गर्छन् मैले मारेको होइन । आजकाल हत्या नगरी माछा मासु प्राप्त गर्न सकिन्न भन्ने सबैलाई थाहा छन् । मार्नेले मासु किन्न आउनेहरुको लागि भनेर मारेको हुनाले उसको लागि मारेको नै हो । कतिले त मेरा लागि यति किलो माछा र मासु भनेर राखेको हुन्छ । त्यसैले मासु खाएमा एक नम्बरको हत्या नगर्ने शीलमा खोट वा दोष लाग्दछ ।

ख. चोरी नगर्नुः

त्यो जनावरले हाम्रो जस्तो सबैभन्दा अमुल्य शरीर खाउ भनेर नदिएको हुनाले चोरी मात्र नभएर डाका नै गरेको दोष लाग्दछ ।

ग. झुठो नबोल्नुः

हत्या र डाकाबाट प्राप्त मासु खाएर पनि पाप लाग्दैन भनेपछि ठूलो झुठो बोलेको हो ।

घ. व्यभिचार वा यौन नगर्नुः

कतिपय मासुले यौन शक्ति र ईच्छा जगाउने भएको हुनाले वलात्कार र हत्यासम्म गर्न प्रेरित गर्छन् ।

ङ. मादक पदर्थ सेवन नगर्नुः

मासु भएमा मादक पदार्थ सेवन गर्नमा सहयोग पुग्दछ ।

बोधिचित शीलः

बोधीचित शील मन, वचन र कर्म सबैले अरु सम्पुर्ण प्राणीहरुलाई दुःख नदिने मात्र नभई सुख दिने र अन्तमा बुद्धको भूमी वा स्थान प्राप्त गराउने सोच र ब्यवहार गर्ने वाचा हुन् ।

५. शरणमा जाने शीलः

बुद्ध धर्मावलम्बी हुनाको लागि बुद्ध, धर्म र संघको शरणमा जाने शील लिनै पर्दछ । बुद्धको शरणमा जानू भनेको बुद्ध हुनु हो । बुद्ध हुनाको लागि बुद्ध बाहेक अरुको शरणमा गए बुद्ध हुन सकिदैन । त्यसैले बुद्ध बाहेक अरुको शरण जानू हुदैन भनेको हो । धर्मको शरणमा गएपछि अरु प्राणीहरुलाई हानी हुने काम गर्नु हुदैन । हत्याहिंसाबाट मात्र माछा मासु प्राप्त हुने भएकोले मासु खाएमा धर्मको शरण गएको शील विपरीत हुन्छ । तर कतिले यो कुरामा मनन गर्न सकिरहेको हुदैन । संघको शरणमा गएपछि बुद्धको संघ बाहेक अन्यँसँग गहिरो मित्रता बनाएमा बुद्ध दर्शन भन्दा फरक शिक्षा पाएर बुद्ध हुने मार्गबाट बिचलित हुने हुन्छ ।

महायान भन्नुको अर्थ आफू भन्दा अरु प्राणीहरुलाई बढी ध्यान दिने र हित गर्ने सोच र व्यवहार गर्ने अभ्यास हो । सम्पुर्ण प्राणीहरु हाम्रो अघिल्लो जीवनका जन्महरुमा नर्क र सांसारिक देवलोक बाहेक अन्य लोकहरुमा जन्म लिदा आमाको कोखबाट हुने भएकोले सबै प्राणीहरु एकअर्काको आमा असंख्य पटक भइसकेका छन् । त्यसबखत अहिलेकै आमाले झै आफू भन्दा प्यारो गरि हुर्काएको गुण लगाउनु भएको छ । त्यसैले कुनैपनि ती आमा जनावरहरुको हत्या हुन मासु खानले सहयोग गर्दछ ।

बोधिचित शील अन्तरगत धेरै भए तापनि केही यहाँ उल्लेख गर्न चाहान्छु ।

६. प्राणिधिन बोधिचित

मनले नसोचेसम्म शरीर र वचनले मात्र पाप कर्म र पुन्य कर्म गर्न सक्दैन । पापबाट बच्न र पुन्य कामाउन सम्पुर्ण आमा प्राणीहरुलाई मनले हित गर्ने वाचालाई प्राणिधिन बोधिचित भनिन्छ ।

क. आफू र अरु बीच समान सोचको अभ्यास ।

ख. आफ्नो सुख अरुलाई र अरुको दुःख आफुले लिने सोचको अभ्यास ।

ग. आफू भन्दापनि अरु प्रिय र महत्व दिने सोचको अभ्यास ।

यस्तो अति पवित्र सोचाइको अभ्यास गर्ने हो भने कसरी माछा मासु खान सकिन्छ ?

लेखकः भिक्षु आङ फुरि शेर्पा

७. प्रस्थान बोधिचित

प्रस्थान बोधिचित भनेको व्यवहारमा नै अभ्यास गर्नु हो । जसमा छ पारमिता, दस कुशल कर्म, चार अतुलनीय सोच आदि पर्दछ ।

६ पारमिताहरुः

दान, शील, क्षान्ती (सहनु), विर्य (मेहनत), समाधि र प्रज्ञा ।

दान भित्र भौतिक सामग्री, धर्म र जीवनदान अर्थात अरुको ज्यान जोगाउनु पर्दछ । माछा मासु खाएमा जीवन दानको विपरीत ज्यान लिन सहयोग पुगेर दान दिने शीलमा खोट लाग्दछ । मासु नभई खाना नरुच्नेले क्षान्ती वा सहने अभ्यास गर्न सकिन्न । त्यसरी नै विर्य, समाधि र प्रज्ञाको अभ्यास गर्न वाधा पुग्दछ ।

दस कुशल कर्महरुः

क. हत्या नगर्नु । ख. चोरी नगर्नु । ग. अनैतिक यौन सम्बन्ध नराख्नु ङ. झुठो नबोल्नु च. चुक्ली नलगाउनु । छ. अपशब्द नबोल्नु ज. धार्मिक बाहेक फाल्तु गफ नगर्नु । झ. लोभ नगर्नु ञ. हानी गर्ने सोच नगर्नु । ट. मिथ्या दृष्टि नराख्नु ।

दस कुशल कर्म मध्ये क. हत्या नगर्नु । ख. चोरी नगर्नु । ग.अनैतिक यौन सम्बन्ध नराख्नु । घ. झुठो नबोल्नु ङ. लोभ नगर्नु । च. मिथ्या दृष्टि नराख्नु आदि माथी प्रतिमोक्षमा व्याख्या गरे झै माछा मासु खाएमा यी सबैमा दोष लग्दछन् र पाप कमाउछन् ।

चार अतुलनीय भावना र सोचहरुः

क. मैत्री भावः सबै आमा प्राणीहरु सुख र सुखको कारणमा रहिरहुन् ।

ख. करुणाः सबै आमा प्राणीहरु दुःख र दुःखको कारणबाट मुक्त रहिरहुन् ।

ग. मुदिताः सबै आमा प्राणीहरु दुःख रहित परम सुखबाट कहिल्यै अलग नरहुन ।

घ. उपेक्षाः सबै आमा प्राणीहरु पक्षपात, राग र रिस रहित महान समता भावमा रहिरहुन् ।

यो महान अभ्यास गर्ने हो भने माछा मासु खाने कुरा सपनामा आए पनि माफी माग्नु पर्ने हुन्छ ।

८. महायान अन्तरगत वज्रयान शील(समय):

महायानको वज्रयान, तन्त्रयान र मन्त्रयान अभ्यास अभिषेक प्राप्त गरेर मात्र गर्न योग्य हुन्छ । अभिशेक सँगै काय, वाक र चित्तको शील प्राप्त हुन्छ । जसमा प्रतिमोक्ष र बोधिचितको सबै शीलहरु स्वत समाबेश हुन्छ । वज्रयान अभ्यासलाई फलको अभ्यास पनि भनिन्छ । मतलव बुद्ध भएको अवस्थाको अभ्यास अहिले नै गरिने भएकोले फलको अभ्यास भनेको हो । सबै प्राणीहरुमा बुद्ध बीउ रहनु मात्र नभएर बुद्ध बोधिसत्वको रूपमा अभ्यास गरिन्छ । सहिरूपमा अभ्यास गरेमा यस मार्गले अति नै छिटो फल र बुद्ध प्राप्त गर्न सकिन्छ । प्रतिमोक्ष र महायान सुत्रको मार्गलाई कारण वा बीउको यान अथवा कारणको यान र मार्ग भनिन्छ । त्यो बुद्ध प्राप्त गर्ने लामो बाटो हो । यो बिउ वा कारणको यान र फलको यानको फरक उदाहरणको लागि बीउ रोपेर फल खानु र सिधै फल किनेर खानु जस्तै हो ।

वज्रयान अभ्यासमा सबै प्राणीहरुलाई बुद्ध र बोधिसत्वको रूपमा हेरिन्छ भने कसरी उनीहरुको मासु खान सकिन्छ ?

बौद्ध दर्शनमा यस्तो महान उपदेश वा दर्शन भए तापनि किन मासु खाई रहन्छ त भन्दा माछा मासु प्रतिको आशक्ति र गहिरोसँग दर्शन नबुझ्नुले हो । कसैले ती जनावरको मासु खाएर उनीहरुसँग सम्बन्ध कायम गरि मन्त्र जप गरेर ती प्राणीहरु मुक्त गर्छु भन्छ भने त्यो झुठो हो । त्यस्तो शक्ति भएको भए आफ्नो मातापिता, सन्तान र आफन्तको रगत निकालेर र अप्रेसन गरेर मासु खाएर उनीहरुको मुक्त गरे हुन्छ नि । तर कसैको पनि त्यस्तो गर्न सक्ने हिम्मत छैन । ती प्राणीहरुसँग सम्बन्धको कुरा गर्ने हो भने ’झ सबै हाम्रो अघिल्लो जीवनको असंख्य पटक आमा भएर गुण लगाउनु भएको छ । उनीहरुको मासु नखाए पनि मन्त्र जप गरेर मुक्त गर्न सकिन्छ । मासु खाएमा भित्री रूपमा स्वभाविक मैत्री, करुणा र बोधिचित उत्पन्न हुन सकिन्न । बाँच्नु र बचाउनु सबै अधिकार छ । मार्नु र मारेर खानु कसैको अधिकार छैन ।

Loading...
Loading...
Loading...

आज सोमबार, राम्रो छ यी ४ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्ने छ...

सुत्ने बेलामा सिद्धार्थ गौतम बुद्ध भगवानलाई एक–एक लाईकरसेयर गरी तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामान्य स्वास्थ्य सम्बन्धि समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमि आउनेछ । अरुको भर पर्दा...

आइतबारको दिनमा मुक्तीनाथको दर्शन गर्नाले मनोकामना पुरा हुने विश्वासका साथ २०७७ साल साउन २५ गतेको राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु...

सुत्नु अघि श्रीकेदारनाथ मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।। #श्रीकेदारनाथ_मन्दिर

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानी...

बुधबारको दिनमा मुक्तीनाथको दर्शन गर्नाले मनोकामना पुरा हुने विश्वासका साथ २०७७ साल साउन २१ गतेको राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ...

सोमबार, राम्रो छ यी ३ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउँन...

भगवान गौतम बुद्धको फोटोलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईको दिन शुभ रहोस् ‘नमो बुद्धाया’

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइ बिद्यार्थिहरुले राम्रो प्रगति गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्ने छ भने,...