ललिता निवास जग्गा प्रकरण : ठगी मुद्दा चलाउन जाहेरी अभाव – Janata Live
  • Saturday, August 8, 2020

ललिता निवास जग्गा प्रकरण : ठगी मुद्दा चलाउन जाहेरी अभाव

  • जनता लाइभ
  • माघ २७, २०७६

ललिता निवास जग्गा प्रकरण : ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडौं, २७ माघ । बालुवाटार (ललिता निवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी तथा किर्तेमा मुद्दा चलाउन पीडित पक्षबाट जोहरीको अभाव खट्किएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख निरज शाहीले फौजदारी न्याय प्रणालीअनुसार ठगी र किर्ते मुद्दामा पीडित पक्षबाट उजुरी आवश्यक पर्ने भएकाले जाहेरीको अभाव भएको बताउनुभयो ।

सीआईबीले १३६ रोपनी सरकारी जग्गा खरिदबिक्रीमा सहयोग पुग्ने गरी निर्णय गर्ने तत्कालीन सरकारका उच्च पदाधिकारी, सरकारी कर्मचारी, नक्कली मोही, दलाल, बिक्रीकर्ता र खरिदकर्ता गरी १७५ जनाविरुद्ध कारबाहीको सिफारिस गरेको छ ।

जग्गा खरिदबिक्रीमा संलग्नहरूमध्ये गलत निर्णय गर्ने पदाधिकारी, नक्कली मोही, दलाल र खरिदकर्तासहित विभिन्न ‘वर्ग’मा विभाजन गरी कतिपयलाई प्रहरी हिरासतमा राखेर ठगी र किर्तेमा अनुसन्धान गर्नुपर्ने ब्युरो प्रहरीले जनाएको छ तर ठगी र कीर्ते मुद्दा चलाउन गृह मन्त्रालयले लिखित उजुरी वा निर्देशन दिनुपर्ने हुन्छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...

सडक कर विद्युतीय प्रणालीबाट उठाइने

सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय...

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मोटरसाइकल चलाउन पनि ड्राइभर

खोटाङ, २१ साउन । अध्यक्ष र उपाध्यक्ष मोटरसाइकल चलाउन नजान्ने भएपछि खोटाङको बराहपोखरी गाउँपालिकाले चालक राखेको छ । चारपांग्रे सवारीसाधनका लागि...

उडानका लागि विमानस्थल तयार

काठमाडौँ, २१ साउन । कोभिड–१९ सङ्क्रमणका कारण करिब पाँच महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान सुरु हुँदैछ । यसबीचमा...

मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा मंगलबार मध्य राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर...

काठमाडौं उपत्यकामा थपिए ५१ जना संक्रमित, उपत्यकामा संक्रमितको संख्या ६८५ पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २० हजार ७५० पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न...

पछिल्लो २४ घन्टामा थप ३१५ जना कोरोना संक्रमित

काठमाडौं, १७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा...

सुनको ‘कमिसन खान’ घटनास्थल नै परिवर्तन, यसरी खुल्यो अपराधको ‘नालीबेली’

काठमाडौं, १७ साउन । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई मंगलबार बिहान करिब ९ बजे मोबाइलमा कल आयो, ‘तस्करीको...