भान्सामा साङ्लाको र जाइँ – Janata Live
  • Tuesday, August 4, 2020

भान्सामा साङ्लाको र जाइँ

  • डा. शेरबहादुर पुन
  • माघ २४, २०७६

भान्सामा साङ्लाको र जाइँ

भान्सामा देखिने एक प्रकारको कीरा हो–साङ्लो । साङ्लाबाट रोग सर्न सक्छ भने कुरा धेरैलाई थाहा नहुन सक्छ । साङ्लाका कारण निम्तने रोगका बारेमा खासै अ’नुसन्धान भएको पाइँदैन । साङ्लामार्फत स’ङ्क्रमित भएर रोग सा’रेको बारेमा ठोस अध्ययन भएको पाइँदैन । तर, साङ्लाले स ङ्क्रमित फोहोरमा टेकेपछि खानेकुरामा टेकिदिएर सहजै रोग सार्न सक्दछ ।

फोहोरमार्फत विभिन्न तरिकाले शरीरभित्र सङ्त्रलमण प्रवेश गर्दा झाडापखालाजस्ता स’रुवा रोगहरुको म’हामारी नेपालमा वर्षेनि देखापर्दै आएको छ । साङ्लो कीरा विभिन्न फोहोरमा पुग्छ । त्यसपछि हाम्रो भान्सा बनिरहेका र बनिसकेका खानासम्म पुगेर खानालाई दूषित तथा स’ङ्क्रमित पार्ने जो खिम हुन्छ । दू’षित खानाका कारण हामी बिरामी पर्छौं ।

साङ्लो कीराबाट विभिन्न किसिमका रोग सर्ने नै भए , साङ्लाबाट सर्ने रोगका बारेमा चर्चा गरौं

हैजा : हैजाको स’ङ्क्रमणले नेपालमा हरेक वर्षजसो थुप्रै व्यक्तिहरुलाई स ताउने गरेको छ । विभिन्न किसिमका फोहोरमा बसेर आएको साङलाले भान्साको खाद्य पदर्थलाई छुँदा स’ङ्क्रमणको जो खिम हुन्छ । हैजाको स मस्या विशेष गरी गर्मीको मौसममा देखिन्छ । वर्षको समयमा हैजाको स’ङक्रमणको जोखिम अझ बढी हुन्छ । साङ्लाले रोगका किटाणु खानामा सार्दा हैजाको जोखिम हुन्छ ।

अ’चानक तारन्तार बान्ता हुनु, चौलानीजस्तो पातलो दिसा लागिरहनु, पेट दुख्नु, शरीरका कुनै भाग तथा माङ्शपेशी बाउँडिनुजस्ता र्हैजका लक्षण हुन् । समस्या बढ्दै र्ग व्यक्ति बेहोस हुन सक्छ । सामान्यतः हैजाको सङ्क्रमण भएको बाह्र घन्टादेखि पाँच दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । समयमै उचित उपचार नपाए केही घन्टामै व्यक्तिको ज्या’न जाने जोखिम हुन्छ । यो रोग लाग्दा सामान्य जीवनजलको प्रयोगले पनि स्वस्थ हुन सकिन्छ । हैजाका् लक्षण देखिए तुरुन्त स्वास्थ्य केन्द्र पुग्नुपर्छ र स्वास्थ्यकर्मीको सल्लाहमा उपचार गर्नुपर्छ ।

आउँ :आउँको समस्या भएका बिरामी नेपालमा प्रशस्तै भेटिन्छन् । आउँको स’मस्या भएका बिरामी अस्पतालसम्म कमै मात्र पुग्ने भएकाले वर्षेनि कति व्यक्तिमा आउँ हुन्छ भन्ने यकिन तथ्याङ्क पाउन कठिन छ । आउँको समस्यालाई ‘रगतमासी’ भनेर पनि चिनिन्छ । आउँ भएको व्यक्तिलाई झाडापदाला लागेको अवस्थामा दिसामा रातो रगत देखिन्छ । विशेषगरी ‘शिगेला ब्याक्टेरिया’ वा ‘ई. हिस्टोलाइटिका’ नामक किटाणुका कारण आउँको समस्या हुन्छ । सामान्यतः आउँका लक्षण एकदेखि तीन दिनभित्र देखिन्छन् ।

आउँ भएको अवस्थामा झाडापखाला लाग्ने, बान्ता हुने, दिसामा सिँगानजस्तो दिल्लो पदार्थ जाने, दिसामा र’गत देखिनेजस्ता ल’क्षण देखिन्छन् । बेलैमा समस्याको पहिचान गरी उपचार नगरे आउँका कारण व्यक्तिको ज्यानै जानेसम्मको जोखिम हुन्छ । भान्सामा साङ्लाले फोहोरमार्फत आउँका ब्याक्टेरिया तथा किटाणु सार्ने भएकाले यसबाट सजग हुनुपर्छ ।

टाइफाइड : टाइफाइडको नाम नसुन्ने व्यक्ति नेपालमा बिरलै होलान् । ज्वरो आयो कि टाइफाइड होला भन्ने श’ङ्काले सताउँछ । स’ङ्क्रमित खाना तथा स’ङ्क्रमित पानीको उपभोग गर्दा टाइफाइडको जोखिम हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, वाक्वाकी लाग्नु, पेट दुख्नु आदि टाइफाइडका मुख्य लक्षण हुन् । कतिपयलाई भने शरीरमा बिमिरा देखिने, झाडापखाला लाग्ने वा कब्जियत हुनेजस्ता लक्षण पनि देखिन्छन् ।

टाइफाइडको स’ङ्क्रमण भएको ६ देखि ३० दिनभित्र यस्ता ल’क्षण देखिन सक्छन् । टाइफाइड भएको अवस्थामा कलेजो र फियो सुन्निन सक्छ । यस रोगका स’ङक्रमितमध्ये १० देखि ३० प्रतिशत व्यत्तिःको समयमै उपचार नपाएर मृ’त्यु हुन पुगेको तथ्याङ्क छ ।

टाइफाइड सङ्क्रमितले दुईदेखि तीन हप्ताभन्दा बढी समयसम्म उपचार नपाएमा निकै ठूलो स्वास्थ्य जटिलता देखिन्छ । टाइफाइडको दक्षण देखिए चिकित्सकको परामर्शमा तुरुन्त रगतको परीक्षण गरी एन्टिबायोटिक्स औषधिको प्रयोग गरेर उपचार गर्नुपर्छ । फोहोरमा बसेको सङ्लाले टेकेर ल्याएको ब्याक्टेयरिया तथा सङ्क्रमण खानामा परेको अवस्थामा यस्तो रोगको जोखिम हुन्छ । भान्सामा हुने स’ङ्क्रमण तथा दू’षित पानीजस्ता कारणले यो समस्या निम्तने भएकाले भान्साको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

प्लेगः यो रोग विशेषगरी मुसाबाट सर्ने भनिए तापनि साङ्लो कीराबाट पनि सर्न सक्दछ । ‘प्लेग’ नामक रोग नेपालमा पहिलो पटम सन् १९६७ मा पत्ता लागेको थियो । यो रोग लागका व्यक्तिको मृ’त्युदर उच्च हुन्छ । प्लेग रोग लागेको व्यक्तिको ‘लिम्फ’ नामक ग्रन्थी र ‘फोक्सोमा हुने स’ङ्क्रमण (निमोनिक प्लेग) अझ जटिल प्रकारको हुन्छ । यस्तो रोग भएका बिरामीले चौबीस घन्टाभित्रै सही उपचार नपाएको अवस्थामा मृ’त्युको जोखिम हुन्छ तर, समयमै प्लेग वि’रुद्धको उपचार गरेको अवस्थामा भने निको हुन्छ । यो रोगबाट बच्नका लागि पनि साङ्लाबाट टाढा हुनु आवश्यक छ । विभिन्न खाद्य पदार्थको माध्यमबाट यो रोग सर्ने जोखिम हुने भएकाले भान्साको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । खाद्य पदार्थहरुलाई राम्ररी छोपेर राख्ने गर्नुपर्छ ।

एलर्जी र आस्थमा: साङ्लाको सङ्सर्ग हुँदा कतिपय व्यक्तिमा ए’लर्जीको समस्या पनि देखिन्छ । शरीरमा साङ्ला हिँड्दा यो समस्या हुन सक्छ । दमका बिरामीमा यस्तो समस्या झन् बढी हुन सक्छ । ‘एलर्जी’ र ‘आस्थमा’ को समस्या भएको अवस्थामा छाला चिलाउने तथा सुन्निनेजस्ता लक्षण देखिन्छन् । यो स मस्याबाट बच्न पनि साङ्लाबाट टाढा रहनु आवश्यक छ । भान्सामा साङ्ला नआउने उपाय अपनाउनु जरुरी हुन्छ ।

जुका : साङ्लाले जुकाका अण्डा सार्न सक्छ । खुट्टाले टेकेर ल्याएका अण्डा खानामा सार्दा पेटमा जुका पर्ने सम्झावना हुन्छ । त्यसैले साङ्लाबाट हुने स ङ्क्रमणको जो खिमबाट सजग हुनु आवश्यक छ ।

भान्सामा सजगता : विभिन्न किसिमका ब्याक्टेरियाका स ङ्क्रमण भई रोगको जोखिम हुने भएकाले साङ्ला परेका तथा साङला हिँडेका खाद्यपदार्थ खानु हुँदैन । खाद्य पदार्थलाई राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।

साङ्लाले दिसा, बान्ता आदि फेहरमा भएका स ङ्क्रमणमा टेक्दछ । त्यसपछि फेरि भान्सामा पुगेर भाँडाकुँडा र खाने कुराहरुमाथि टेकिदिन्छ । यसरी, साङ्लाले फोहोरदेखि खाने कुराहरुसम्म स ङ्क्रमणजन्य किटाणु ओसार्ने काम गर्दछ , जसको स ङ्क्रमणबाट विभिन्न किसिमका रोगको जो खिम हुन्छ । उसले टेकेर ल्याएका बक्टेरियाका कारण साङ्लाले हाम्रो शरीरमा छुँदा समेत स ङ्क्रमण तथा एलर्जीको जोखिम हुन्छ । भान्सामा देखिने साङ्लाको नियन्त्रण नगरेको खण्डमा अनेकौं रोग सर्ने जोखिम भएकाले यसको नियन्त्रण अत्यावश्यक छ । (डा.पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनितका संयोजक हुन्)

Loading...
Loading...
Loading...

मोटा व्यक्तिका लागि कोरोना संक्रमण थप खतरनाक

एजेन्सी – कोरोना संक्रमणको विषयमा शनिबार संसारभरी यी कुराको चर्चा भएः – बेलायतमा इन्डोर जिम, स्विमिङ पुल र अन्य इन्डोर...

लकडाउनमा अनिच्छित गर्भधारण गर्नेको संख्या बढ्यो

काठमाडौं, ७ साउन । ठूला अस्पतालले सेवा नदिंदा असुरक्षित गर्भपतन तथा अनिच्छित गर्भधारण गर्नेको संख्या बढेको छ । कोरोना संक्रमणका...

यस्ता छन् हाँसोका ८ फाइदा

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ। यस्ता छन् हाँसोले पार्ने सकारात्मक प्रभाव : सम्पूर्ण शरीरलाई आराम दिलाउँछ हाँसोले...

बच्चालाई स्तनपान गराउने ५ वैज्ञानिक आसन र ध्यान दिनुपर्ने ११ कुरा

आमा र बच्चाको सम्बन्ध गर्भावस्थादेखि नै हुन्छ। शिशुको बाँच्ने र स्वस्थ रहने सम्भावना बच्चा गर्भमा रहेदेखि नै बच्चा र आमालाइ...

स्वास्थ्य बिमाको प्रभावकारितामाथि प्रश्न

काठमाडौं, २ साउन । सरकारले आगामी तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य राखे पनि कार्यक्रमको प्रभावकारितामाथि भने प्रश्न...

यस कारण टोक्नु हुँदैन नङ ?

बिबिसी– सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब...

यी खानेकुरा खानुहोस् बोसो कम गर्न !

बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी...

कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुटकारा मिल्छ।

सिजन आँपको छ। आँपलाई स्वादका निम्ति खानेकै सँख्या ठूलो छ। यो फलको राजामाथि गरिएको ठूलो अन्याय हो। यसलाई घरेलु ओखतीका...