प्रदेश- २ का मन्त्रीहरूलाई गाडीमाथि गाडी – Janata Live
  • Saturday, September 25, 2021

प्रदेश- २ का मन्त्रीहरूलाई गाडीमाथि गाडी

  • जनता लाइभ
  • पुष २६, २०७६

प्रदेश- २ का मन्त्रीहरूलाई गाडीमाथि गाडी

जनकपुरधाम । प्रदेश २ सरकारले २२ महिनामा उपलब्धिमूलक काम खासै गर्न सकेको छैन। मन्त्रीहरूले सेवासुविधा र सुखसयलमा भने कुनै कमी राखेका छैनन्। उनीहरूले तीनवटासम्म सरकारी गाडी उपभोग गरिरहेका छन्। केही मन्त्रालयले नयाँ गाडी खरिद प्रक्रियासमेत अघि बढाएका छन्।

नयाँ गाडी प्रयोगमा ल्याएपछि पुरानोचाहिँ प्रशासनलाई बुझाउनुपर्ने हुन्छ। तर, उनीहरूले पुराना गाडी पनि छाडेका छैनन्। मुख्यमन्त्री लालबाबु राउतले मात्रै नयाँ किनिएको ज.१झ ४५६ नम्बरको एउटा गाडी प्रयोग गर्छन्। आर्थिक मामिलामन्त्री विजय यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दुवै गाडी चलाउँदै आएका छन्। उनीहरूले पुरानो गाडी आफन्त, परिवार र कार्यकर्ताको प्रयोगमा दिएको खुलेको छ। मन्त्री साहले नयाँ गाडी ज.१झ ४४६ र एउटा अर्को प्रयोग गरिरहेका छन्। कानुनमन्त्री यादवले ज.१झ ४४२ नम्बरको गाडी प्रयोग गरिरहेका छन्।

महँगो गाडीको मोहप्रति वन राज्यमन्त्री सुरेश मण्डलले सार्वजनिक रूपमा विरोध जनाएका छन्। उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत त्यसमा असहमति जनाए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Loading...
Loading...
Loading...

कांग्रेसले टुंग्यायो समावेशी प्रतिनिधित्व विवाद

काठमाडौं– कांग्रेसले समावेशी प्रतिनिधित्व विवाद टुंग्याएको छ । शुक्रबार बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले तीन बुँदे निर्णय गर्दै विवाद समाधान...

बिक्री भएन यार्चागुम्बा

दार्चुला– दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि खरीद गरिएको यार्सागुम्बा अझै विक्री...

दशैंमा शहरबाट गाउँ जाँदै हुनुहुन्छ ? कहाँ जान कति लाग्छ भाडा ? (विवरणसहित)

काठमाडौं– नेपाली चाड दशैं–तिहार नजिकिंदै छ । कोरोना कहरकै बीच भित्रिंदै गरेका नेपाली चाडहरुका कारण व्यापार, व्यवसायदेखि यातायात क्षेत्रमा चहलपहल...

१,५५० ले जिते कोरोना, १,४७६ नयाँ थपिए, नौं जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

नारायणहिटीको श्रीपेच चोर्ने प्रयास, युवक पक्राउ

काठमाडौं– नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज (शुक्रबार) संग्रहालय घुम्न छिरेका रुकुम...

दशैंका विभिन्न साइत सार्वजनिक, टीकाको साइत बिहान १०ः०२ मिनेटमा

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६...

तमसुकमा बिहे, वडामा तलाक

सिरहा– सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो...

सशस्त्र प्रहरीका ११ जना डीआईजीको सरुवा, को कहाँ पुगे ? (सूची)

काठमाडौं– सरकारले ११ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार साँझी मन्त्रीस्तरीय...