अचम्म लाग्दो तरीकाले निको हुन्छ तपाईंको दाद, यो विधि अपनाउनुहोस् – Janata Live
  • Saturday, August 8, 2020

अचम्म लाग्दो तरीकाले निको हुन्छ तपाईंको दाद, यो विधि अपनाउनुहोस्

  • जनता लाइभ
  • मङि्सर ०६, २०७६

अचम्म लाग्दो तरीकाले निको हुन्छ तपाईंको दाद, यो विधि अपनाउनुहोस्

छालाको सुन्दरताले मानिसलाई आकर्षक बनाउँछ र हरेक मानिस सुन्दर बन्न चाहान्छ । विशेष गरि अनुहार, घाँटी, हात, खुट्टाको छाला बाहिर देखिने हुँदा त्यो मानिसको व्यक्तित्वसँग जोडिएको हुन्छ। त्यसैले मानिसहरु छालाको सुन्दरतालाई लिएर संवेदनशील हुन्छन्। तर, छालामा विभिन्न समस्या देखिइने गर्छन्, जसले गर्दा मानिसमा तनाव उत्पन्न हुन्छ।

दादले छालालाई नराम्रो त देखाउंछ नै, चिलाउने भएका कारण पनि थप तनाव थपिदिन्छ। दादलाई निको पार्नको लागि मानिसहरु विभिन्न औषधिहरु प्रयोग गर्ने गर्छन्। तर वर्षौंसम्म पनि त्यो निको भइरहेको हुँदैन र पैसा मात्र खर्च भइरहेको हुन्छ। बरु, त्यो अझ फैलिन्छ। यस्तो अवस्थामा घरेलु उपाय निकै उपयोगी हुन सक्छ। घरेलु उपाय कम खर्चिलो, सजिलो, भरपर्दो र शरीरलाई अन्य नकारात्मक असर नपार्ने किसिमको हुन्छ।

आज दादको घरेलु औषधि त हाम्रो घरमा सजिलै उपलब्ध हुने स्रोतबाट तयार गण सकिन्छ। दाद लगायत शरीरमा आउने फुस्रो दाग, चिलाउने दाद हरेकको लागि काँचो मेवा औषधि हो। दादको लागि मेवाको चोप अर्थात मेवाको दुध प्रयोग गर्नुपर्छ। यसको लागि काँचो मेवाको चोप लिएर दाद भएको ठाउँमा लगाउनुपर्छ। उक्त चोप लगाउँदा धेरै लगाउनु हुँदैन।

थोरै मात्रामा लिएर त्यो दाद भएको ठाउँमा लगाएर मल्हम लगाए जसरी फिजाउनुपर्छ। यो चोप लगाएर यत्तिकै बसिरहनु भने हुँदैन। यो चोप लगाइसकेपछि आधा घण्टा जति राख्नुपर्छ। त्यसपछि आधा घण्टा पछि पानीले पखाल्नुपर्छ। यो विधि नियमित रुपमा अपनाएर हेर्नुहोस् एक हप्ता मै दाद चैट् हुने छ। सम्वन्धित समाचार

छालामा हुने गोलो दाद ‘रिङ वर्म’ काठमाडौं — शरीर को त्वचा (छाला) मा हुने दाद, खाज, खुजलीबाट सायद नै कोही व्यक्ति अपरिचित होला। जीवनमा एकपटक यो समस्या प्रायस्जसो सबैले भोगेको हुनुपर्छ। जसलाई यो हुन्छ त्यो व्यक्ति ठाउँ न कुठाउँ केही हेर्दैन। लाज सर्म छोडेर कन्याउन थाल्छ । कन्याउँदा उसलाई बडा आनन्द आउँछ। कोही–कोही त यतिसम्म कन्याउनमा मस्त हुन्छन् कि रगत आउँदा पनि कन्याउन छोड्दैनन्।

यस्तो हुन्छ ऐग्जिमा। यो रोग हात, खुट्टा, टाउको, छाती, काखी, दाह्री, नङ, लिंग, जाँघ, पेटको तल्लो भाग र अन्डकोशमा धेरैजसो हुन्छ। चिकित्सकीय भाषामा आयुर्वेदमा यसलाई दद् र एलोप्याथी या होमियोप्याथीमा यसलाई रिङ वर्म अर्थात् गोलो आकारको दाद भनेर चिनिन्छ। दाद अंगुठीको आकारको जस्तो गोलो हुन्छ। जसमा खुजली भइरहन्छ ।

यो रोग एक किसिमको सरुवा रोग हो। एकबाट अर्कामा फैलिने किसिमको रोग हो। यो रोग एक व्यक्तिबाट अर्कोमा तब फैलिन्छ। जब कोही व्यक्ति यस रोगबाट ग्रस्त व्यक्तिले प्रयोग गरेको चिज जस्तै तौलिया, माल, लुगाहरू वा क्रिम आदिको प्रयोग गर्दछ। दाद धातुगत (कन्स्टिच्युसनल) रोग हो जुन शरीरभित्र धातुदोषको कारण उत्पन्न हुन्छ।

अत: यस रोगलाई ठीक गर्नका लागि बाहिरी प्रयोग गर्ने मल्हमको अपेक्षा आन्तरिक सेवन गर्ने औषधिको प्रयोग गर्नु अधिक लाभदायक हुन्छ। औषधिको सेवन गर्नाले दादका जीवाणुहरूले विकासका लागि उचित वातावरण पाउँदैनन्। जसले गर्दा जीवाणु स्वयं आफैं नष्ट भएर जान्छन् र रोग ठीक पनि हुन्छ।

कारण :–यो रोगको कारण विभिन्न प्रकारको फंगल इन्फेक्सनको संक्रमणको कारण ले गर्दा दाद (रिङ वर्म) हुन्छ। जसको संक्रमणको कारण यो शरीरको विभिन्न अंगमा सजिलैसित फैलिन्छ। दाद भएको व्यक्तिले प्रयोग गर्ने गरेको चिजहरूको उपयोग गर्नाले पनि यो रोग हुन्छ। यसैप्रकार घरमा पालेको पाल्तु जनावर जस्तै स् कुकुर, बिरालोका माध्यमले पनि यो रोग सर्ने हुन्छ।

लक्षण :–छालामा दाद २५, ५०, पैसा या एक पैयाँको सिक्काको जस्तो गोलो आकारमा वरिपरि सानो –सानो बिमिराजस्तो देखिन्छ तर बीच भागमा सामान्य (सफा) त्वचा हुन्छ। तालु खुइलेको रोगजस्तो वरिपरिको रौं झर्छ, पुरानो बिमिरा हराएर नयाँ बिमिरा निस्कनु, दाद सानो रातो मकेको दाना जस्तोबाट सु भएर बिस्तारै–बिस्तारै ठूलो गोलो आकारमा परिणत हुन्छ। छाला मोटो हुनु, अत्यधिक चिलाउनु आदि। दाद (रिङ वर्म) का लक्षणहरू मुख्य रूपमा देखिन्छ।

के खाने–गहुँको पीठोको रोटी, भात, मुँगको दाल, दूध, खाने। तरकारीमा बेथु, मुला, लसुन, आलु, प्याज र हरियो सागसब्जी। फलफूलमा– अनार, कागती, गाँजर, मेवा, केरा खाने।

के नखाने–तेलमा तारेको, पिरो, मसालेदार खाना नखाने। दही, अमिलो, अम्लीय पदार्थ नखाने।
यसैगरी मासु, माछा, सख्खर, तिल, रक्सी नखाने। खानामा नुनको प्रयोग कम गर्ने।

रोग निवारणमा सहायक उपाय के गर्ने :–हात खुट्टाको नङ सफा राख्ने या काट्ने।

रोगीले प्रयोग गरेको टोपी, माल, तौलिया, सिरानी, काइँयो, बेडसिट, टुथ ब्रस तथा लुगा अरूले नलगाउने। दाद भएको ठाउँलाई निमपत्तीले या मेडिकेटेड साबुनले सधैं सफा गर्ने। व्यक्तिगत सरसफाइमा ध्यान दिने र सफा सुग्घर कपडा लगाउने। छाला, नङ, औंलाको बीच तथा चेपचाप, हात, खुट्टा टाउकोको नियमित सफाइ गर्ने। सधैं नुहाउने।

के न गर्ने :–दादबाट पीडित अंगलाई नङले नकन्याउने। चिलाएको हातले शरीरको अन्य अंग नकन्याउने। दादपीडित अंगको सम्पर्कमा आएको कपडा सफा नगरीकन न लगाउने। सधैं नुहाउने अल्छी नगर्ने। नुहाउँदा साबुनको प्रयोग कम गर्ने।

Loading...
Loading...
Loading...

मोटा व्यक्तिका लागि कोरोना संक्रमण थप खतरनाक

एजेन्सी – कोरोना संक्रमणको विषयमा शनिबार संसारभरी यी कुराको चर्चा भएः – बेलायतमा इन्डोर जिम, स्विमिङ पुल र अन्य इन्डोर...

लकडाउनमा अनिच्छित गर्भधारण गर्नेको संख्या बढ्यो

काठमाडौं, ७ साउन । ठूला अस्पतालले सेवा नदिंदा असुरक्षित गर्भपतन तथा अनिच्छित गर्भधारण गर्नेको संख्या बढेको छ । कोरोना संक्रमणका...

यस्ता छन् हाँसोका ८ फाइदा

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ। यस्ता छन् हाँसोले पार्ने सकारात्मक प्रभाव : सम्पूर्ण शरीरलाई आराम दिलाउँछ हाँसोले...

बच्चालाई स्तनपान गराउने ५ वैज्ञानिक आसन र ध्यान दिनुपर्ने ११ कुरा

आमा र बच्चाको सम्बन्ध गर्भावस्थादेखि नै हुन्छ। शिशुको बाँच्ने र स्वस्थ रहने सम्भावना बच्चा गर्भमा रहेदेखि नै बच्चा र आमालाइ...

स्वास्थ्य बिमाको प्रभावकारितामाथि प्रश्न

काठमाडौं, २ साउन । सरकारले आगामी तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य राखे पनि कार्यक्रमको प्रभावकारितामाथि भने प्रश्न...

यस कारण टोक्नु हुँदैन नङ ?

बिबिसी– सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब...

यी खानेकुरा खानुहोस् बोसो कम गर्न !

बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी...

कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुटकारा मिल्छ।

सिजन आँपको छ। आँपलाई स्वादका निम्ति खानेकै सँख्या ठूलो छ। यो फलको राजामाथि गरिएको ठूलो अन्याय हो। यसलाई घरेलु ओखतीका...