आलमलाई सघाउने को को ? प्रहरीले थाल्यो निगरानी

काठमाडौं । मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिविरुद्ध प्रहरीले निगरानी सुरु गरेको छ ।
पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख पद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरीले मुख्यालयले निर्देशन दिएको छ।
राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन्। रौतहट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा चल्ने भएकाले उसलाई चाहिने प्राविधिकसँगै अन्य सहयोग भइरहेको छ।
‘यो घटना दबाउने जो कोही व्यक्ति उम्किन पाउँदैनन्। पीडितले न्याय पाउने गरी अनुसन्धान हुन्छ,’ उनी भन्छन्, ‘रौतहट प्रहरीलाई आवश्यक समन्वय र सहयोग भइरहेको छ।’
प्रहरीले घटना अनुसन्धान नगरी आलमलाई सहयोग पुर्याउने बहालवाला र पूर्वप्रहरी अधिकृतविरुद्ध आवश्यक परे बयान लिन रौतहट प्रहरीलाई निर्देशन दिएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकामा छ ।
पहिलो संविधानसभा निर्वाचनका बेला रौतहटको राजापुर फरहदवा गउाँम बम विस्फोट भएको थियो। त्यसमा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप आलमलाई लागेको छ ।