कार्तिक १३ गते किजा पूजामा सार्वजनिक विदा

काठमाडौं । सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा) का लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले बिहीबार भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गृहसचिव प्रेमकुमार राईले जानकारी दिइका छन् ।
‘नेवार समुदायले किजा पूजाको दिन भाइटीका मनाउने भएकाले त्यस दिन बिदा दिन अनुरोध आएकाले विदाको निर्णय भएको हो,’ राईले भने । तिथिअनुसार कात्तिक १२ गते भाइटीका छ । पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो ।
संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर–३ का सांसद डा। अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले केही दिनअघि प्रधानमन्त्री केपी ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेका थिए ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको थियो ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...