दरबारको राजपरिवारको सम्पत्ति राष्ट्रहितमा खर्च गरौँ – Janata Live
  • Wednesday, March 22, 2023

दरबारको राजपरिवारको सम्पत्ति राष्ट्रहितमा खर्च गरौँ

  • जनता लाइभ
  • कार्तिक ०७, २०७६

दरबारको राजपरिवारको सम्पत्ति राष्ट्रहितमा खर्च गरौँ

काठमाडौं । तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन ।

नेपाल ट्रष्ट ऐनले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको सम्पत्तिलाई शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग गर्ने स्पष्ट व्यवस्था गरेको छ ।

नेपाल ट्रष्टको कार्यालय गठन गरी तत्कालीन राजपरिवारको नाममा रहेका सम्पत्तिलाई नेपाल सरकार मातहत ल्याउने कार्य थालिएको १२ वर्ष भइसकेको छ ।

यसरी प्राप्त सम्पत्तिबाट आर्जन भएको करिब ७५ करोड रुपियाँ ट्रष्टको नाममा विभिन्न बैङ्कमा राखिएको छ भने ब्याज र भाडाबापत बर्से्नि करिब नौ करोड रुपियाँ आर्जन भइरहेको छ ।

कानुनतः नगद सम्पत्ति सार्वजनिक हितमा प्रयोग गर्ने व्यवस्था सुरुदेखि नै भए पनि त्यस क्षेत्रमा हालसम्म खर्च गरिएको छैन ।

नेपाल ट्रष्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुरले भने, “पहिले सञ्चालक समिति ठूलो थियो, बैठक बस्नै मुस्किल हुन्थ्यो । बल्ल छरितो सञ्चालक समिति पाएका छौँ । अब सम्पत्तिको प्रयोग गर्ने बारेमा अगाडि बढ्छौँ । ”

विगतमा १३ सदस्यीय रहेको नेपाल ट्रष्टको सञ्चालक समिति अब सात सदस्यीय बनेको छ । विगतमा सबै सदस्यलाई जुटाउन निकै हम्मे पर्ने गरेको ट्रष्टका कर्मचारी बताउँछन् ।

गत वैशाख १७ गते नयाँ सञ्चालक समिति पाएको ट्रष्टको हालसम्म दुई वटा बैठक बसेको थाहा भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।