आलमले घाइतेलाई इँटा भट्टासम्म ओसार्न प्रयोग गरेको ट्र्याक्टर प्रहरीले बरामद गर्यो – Janata Live
  • Saturday, April 1, 2023

आलमले घाइतेलाई इँटा भट्टासम्म ओसार्न प्रयोग गरेको ट्र्याक्टर प्रहरीले बरामद गर्यो

  • जनता लाइभ
  • कार्तिक ०७, २०७६

आलमले घाइतेलाई इँटा भट्टासम्म ओसार्न प्रयोग गरेको ट्र्याक्टर प्रहरीले बरामद गर्यो

काठमाडौं । बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर प्रहरीले बरामद गरेको छ ।

बरामद ट्र्याक्टर आफताव आलमका भाइ मो. महताव आलमको भएको प्रहरीको दाबी छ ।आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना १ त ६४७२ नम्बरको ट्र्याक्टरमा राखेर इँटाभट्टामा लगिएको थियो । उनीहरुलाई जलाएको आलममाथि आरोप छ ।

प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्र्याक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा फणि महतले लेखेका छन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...