सांसदमाथि आचरण प्रश्न : अढाइ वर्षसम्म बनेन अनुगमन समिति

काठमाडौं । पछिल्लो दुई दशकमा फौजदारी कसुर र अभियोग ठहर भएका जनप्रतिनिधि नभएका हैनन् तर दुई सातायता उच्च पदाधिकारीसहित सांसदहरू धमाधम पक्राउ पर्दै जाँदा विधिका निर्मातामाथि नै नैतिक अनुशासन र आचरणको प्रश्न गम्भीर बनिरहेको छ ।
सम्भवतः यस्तै परिस्थितिको सामना गर्ने गरी प्रतिनिधि सभा नियमावलीले सांसदहरूको आचरण अनुगमन समिति भने बन्ने व्यवस्था गरेको छ ।
तर, सङ्घीय संसद्को पहिलो अधिवेशन सुरु भएको ३० महिना बितिसके पनि समिति भने बन्न सकेको छैन । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले समिति गठनबारे कार्यव्यवस्था परामर्श समितिमा कुनै पनि कार्यसूची अहिलेसम्म नबनेको बताए । योगीले भने, “नियमावलीले आचरण अनुगमनका लागि समिति गठनको प्रस्ताव गरेको छ तर अहिलेसम्म समिति गठन भने भइसकेको छैन ।”
के हो आचरण समिति ?
प्रतिनिधि सभा नियमावलीले सदस्यहरूद्वारा नियमावलीले तोकेको आचरण र समाजको विद्यमान आचरण पालना गरे वा नगरेको अध्ययनका लागि समिति गठनको व्यवस्था गरेको छ । अनुगमनका लागि सभामुखकै सभापतित्वमा समिति गठनको व्यवस्था छ ।
सदस्यहरूले नियमावलीको प्रावधानसँगै सांसदको हैसियतले प्राप्त गरेको जानकारी वा सूचना आर्थिक लाभका लागि अन्य संस्था वा निकायलाई दिएको विषयमा पनि समितिले अनुगमन गर्न सक्ने व्यवस्था छ । त्यस्ता सूचना लाभ लिने हिसाबले अन्य निकायमा दिन नमिल्ने व्यवस्था छ ।
यस्तै समितिले कुनै सदस्यविरुद्ध आचरणसम्बन्धी उजुरी प्राप्त भएमा अनुसन्धान गर्न सक्ने व्यवस्था छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...