म्यानपावर कम्पनीका कर्मचारीको पनि विवरण माग

काठमाडौँ । सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई आ–आफ्नो कम्पनीका सञ्चालक तथा कर्मचारीको विवरण बुझाउन निर्देशन जारी गरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार त्यस्तो विवरण उपलब्ध गराउन सात दिनको म्याद दिइएको छ । यो अवधिमा मागेको विवरण उपलब्ध नगराए कारोबार बन्द गरिने चेतावनी पनि विभागले दिएको छ ।
विभागका महानिर्देशक भीष्मकुमार भूसालले म्यानपावर कम्पनीलाई निगरानी राख्नका लागि कम्पनी सञ्चालक र कर्मचारीको विस्तृत विवरण माग गरिएको जानकारी दिए ।
नियमन गर्न सजिलो हुने भन्दै धरौटी बढाएर म्यानपावरको सङ्ख्या विभागले झण्डै आधामा घटाएको भन्दै उनले ती कम्पनीबाट वैदेशिक रोजगारीमा जाने व्यक्ति अप्ठारोमा नपरून् भनेर कम्पनीको विवरण माग गरिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिक छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...