बर्मामा बौद्ध धर्मको सम्बन्ध र इतिहास

बर्मा नेपालीसँग पुरानो साइनो जोडिएको मुलुक हो । कुनै समय नेपालका पहाडी भूभागबाट लावालस्कर सहित बर्माका खेतीयोग्य भूमिमा बसाई जाने चलन थियो । तर सैनिक शासनको उदयसँगै यो क्रम लगभग रोकियो नै त्यहाँ रहेका धेरै नेपाली पुर्खाको भूमि नेपाल फर्किए । तर अझै पनि बर्मामा धेरै नेपालीको स्थायी बसोबास रहेको छ । विभिन्न आँकडा अनुसार त्यहाँ करिब २ लाख नेपालीभाषीको बसोबास रहेको अनुमान गरिन्छ । पुरानो बर्मा र हाल म्यानमार भनिने यो देश बौद्ध धर्मावलम्वीको बाहुल्यता भएको देश हो ।
थेरवाद बौद्धमार्गीको बाहुल्यता भएको बर्मासँग बौद्ध इतिहासको लामो सम्बन्ध छ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेदेखि यो मुलुकमा बौद्ध धर्म पुगेको थियो । बुद्धको शरणमा सबैभन्दा पहिला जाने पनि दुई बर्मेली व्यापारी थिए । तपस्सु र भल्लुक नाम गरेका दुई दाजुभाई बुद्धको शरणमा जाँदा संघको स्थापना समेत भएको थिएन । बुद्धले यी दुई बर्मेली दाजुभाईलाई चिन्हका रुपमा आफ्नो एकमुट्ठी कपाल दिएका थिए । बुद्धको कपाल लिनु अघि तपस्सु र भल्लुकले बुद्धलाई सातु र महको भोजन दान गरेका थिए ।
बर्मामा बौद्ध धर्मावलम्वीले बुद्ध स्वयम् बर्मा पुगेको विश्वास गर्छन् । बोधिज्ञान प्राप्त गरेको तीन महिना पाँच दिनपछि बुद्ध बर्मा पुगेको मानिन्छ । गौतम बुद्ध आफ्नो जीवनकालमै बर्मा पुगेको यस्तो भनाईलाई आधार मान्दा त्यहाँ बौद्ध धर्मको इतिहास गौतम बुद्ध जत्तिकै पुरानो छ । ऐतिहासिक अभिलेखले भने सम्राट अशोकको शासनकालमा बौद्ध धर्म बर्मा पुगेको देखिन्छ । थेरवादी परम्परा अनुसार बर्मामा पाँचौ र छैटौ संगायना भएको थियो । सन् १८७१ मा भएको पाँचौ संगायनाकै क्रममा सम्पुर्ण त्रिपिटक संगमरमरमा कुँदिएको थियो ।
नेपालमा थेरवादी बौद्ध धर्मको स्थापना, प्रचार र प्रचारमा पनि बर्माको महत्वपूर्ण योगदान रहेको छ । नेपालका सुरुआती समयका प्रमुख भिक्षु र भिक्षुणीले बर्मामै बौद्ध धर्मको अध्ययन गरेका थिए । बर्मामा अध्ययन गर्नेहरुको सबैभन्दा ठूलो उद्धाहरण धम्मावती गुरुमा हुन् । अहिले पनि बर्मामा गएर बौद्ध धर्मको अध्ययन गर्ने परम्परा कायम छ । बर्मामा करिब ८० प्रतिशत बौद्ध धर्मावलम्बी रहेका छन् ।(बुद्धिष्टन्यूज)
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...