अमेरिकी र नेपाली सेनाबीच ‘ल्याण्ड फोर्स टक’, युएस आर्मी अफिसर काठमाडौँ आए

काठमाडौं । नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यावसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ। सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन्।
नेपाली सेनालाई प्राविधिक हिसाबले सक्षम बनाउने विषयमा छलफल केन्द्रित हुनेछ। उपरथी नेतृत्वमा इन्डो प्यासिफिक कमाण्डअन्तर्गतको युएस आर्मी टोली नेपाल आएको हो। दुई मुलुकका सैनिक अधिकारीबीच हुने यो छलफललाई ‘ल्याण्ड फोर्स टक’ नाम दिइएको छ।
जंगी अड्डामा मंगलबारबाट दुई दिनसम्म नेपाली र अमेरिकी सैनिक अधिकारीबीच छलफल हुनेछ। शान्ति सेना, नेपाली सेनाको क्षमता अभिवृद्धि, विपत् व्यवस्थापनलगायतका विषयमा छलफल केन्द्रित हुने सैनिक स्रोतले बताएको छ।
प्रतिआतंकवादको विषयमा समेत छलफल हुने ति सैनिक अधिकारीले बताए। सहरी विद्रोह नियन्त्रण र प्रतिकारका विषयमा समेत दुई मुलुकका सैनिक अधिकारीबीच छलफल हुनेछ। नेपाली सेना र अमेरिकी सेनाले गर्दै आएको सैनिक कारवाही ९मिलेटरी अप्रेसन० का विषयका बारेमा अनुभव आदन प्रदान हुनेछ।
अमेरिकी सेनाले नेपाली सेनाालाई गर्दै आएको सहयोगका बारेमा समेत छलफल हुनेछ। अघिल्लो वर्ष जेठ २३ बाट दुई दिनसम्म पहिलो पटक ल्याण्ड फोर्स टक सञ्चालन भएको थियो। अहिले हुन लागेको त्यसको दास्रो संस्करण हो। रक्षा प्रवक्ता सन्तबहादुर सुनारले अमेरिकी र नेपाली सैनिक अधिकारीबीच शान्ति सेना, नेपाली सेनाको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल हुने बताए। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...