महिलालाई ललाइफकाई यौन धन्दामा लगाउने पक्राउ – Janata Live
  • Wednesday, March 22, 2023

महिलालाई ललाइफकाई यौन धन्दामा लगाउने पक्राउ

  • जनता लाइभ
  • कार्तिक ०५, २०७६

महिलालाई ललाइफकाई यौन धन्दामा लगाउने पक्राउ

काठमाडौं । महिलालाई ललाइफकाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

युवतीहरुलाई रोजगारमा लगाइदिन्छु भन्दै ठमेल आसपासका होटेलमा लगि जबरजस्ती यौन धन्दामा लगाउँदै आएका सर्लाहीका टंक माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरिय प्रहरी वृत दरबारमार्गको टोलीले आइतबार बा १ ज १९७७ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा सोधपुछ गर्दा तीन जना युवती फेला पारेको थियो ।

युवतीहरुले माझीले आफूहरुलाई जबरजस्ती यौन धन्दामा लगाएको बयान दिएपछि प्रहरीले माझीलाई पक्राउ गरेको समाचार अन्नपूर्ण पोष्ट्मा प्रकाशित छ ।

Loading...
Loading...
Loading...