भारत–पाकिस्तान आक्रमणमा पदमबहादुर श्रेष्ठ र गामिलकुमार श्रेष्ठको गयो ज्यान – Janata Live
  • Wednesday, March 22, 2023

भारत–पाकिस्तान आक्रमणमा पदमबहादुर श्रेष्ठ र गामिलकुमार श्रेष्ठको गयो ज्यान

  • जनता लाइभ
  • कार्तिक ०४, २०७६

भारत–पाकिस्तान आक्रमणमा पदमबहादुर श्रेष्ठ र गामिलकुमार श्रेष्ठको गयो ज्यान

काठमाडौं । भारत–पाकिस्तानबीच अहिले तनाव उत्पन्न भएको छ ।

भारत–पाकिस्तानबीचको पछिल्लो लडाईमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु ज्यान गएको छ । उनीहरुको नाम नेपाली जस्तो भए पनि उनीहरु नेपालकै हुन कि होइनन् भन्ने खुल्नै बाँकी छ ।

गए राति पाकिस्तान नियन्त्रित कश्मिर (पीओके) मा भारतीय सेनाले आक्रमण गरेको थियो । पाकिस्तानले पनि भारततर्फ आक्रमण गरेको थियो । पाकिस्तानतर्फबाट भएको आक्रमणबाट भारतीय सेनामा कार्यरत हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतीय समाचार एजेन्सी पीटीआईका पत्रकार सञ्जीभ चोपराले भने, ‘उनीहरुको ठेगाना त खुलिसकेको छैन, तर गोर्खा रेजिमेन्टका हुनसक्ने अनुमान छ ।’ यस्तै ५५ वर्षीय मोहम्मद सादिक नामका एक सर्वसाधारण नागरिकको पनि मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
भारत र पाकिस्तान दुवैले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

भारतीय सेनाको तर्फबाट जारी विज्ञप्तिमा पाकिस्तानले भारतीय क्षेत्रमा आतंकवादीहरुको घुसपैठ गराएर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । त्यसको बदलामा भारतीय सेनाले पनि आतंकवादी समूहको क्षेत्रमा आक्रमण गरेको भारतीय स्थल सेनाप्रमुख जनरल विपिन रावतले बताएका छन् ।

भारतीय सेनाको आक्रमणबाट पाकिस्तानको सीमामा ६ देखि १० जनासम्म आतंकवादी मारिएको र उनीहरुका तीनवटा क्याम्प ध्वस्त बनाएको दाबी रावतको छ । एजेन्सी

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...