हचुवामै १० हजार कर्मचारी थप्ने प्रयास

काठमाडौं । संघीय मन्त्रालयहरुले संगठनको भन्दा व्यक्ति विशेषको हितअनुसार हचुवामा कर्मचारी थप्ने प्रयास गरिरहेका छन् ।
मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्ने क्रममा अवैज्ञानिक किसिमले हजारौं कर्मचारी थप्ने प्रयास गर्दा राज्यकोषमा २ खर्ब बढी व्ययभार थपिने देखिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले औचित्य र वैज्ञानिक आधारबिना कर्मचारी थप्न गरिने प्रस्ताव अमान्य हुने र समान्यको कार्यविधि बाहिर गएर गरिने ओ एन्ड एमलाई फिर्ता पठाइने बताएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकांश मन्त्रालयहरुको ओ एन्ड एमप्रति सामान्यको असहमति रहेको र कर्मचारी थप्न हतार तर काममा निकै ढिलासुस्ती रहेको समाचार राजधानी दैनिकमा छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...