चार प्रदेशको अप्टिकल फाइबर विस्तार अलपत्र, ३ अर्बको ठेक्का रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने ठेक्का रद्द गरेसँगै चारओटा प्रदेशमा अप्टिकल फाइबर परियोजना अलपत्र परेको छ ।
सम्झौताअनुसार सन्तोषजनक काम नभएको भन्दै प्राधिकरणले असोज ३० गते स्मार्टसँगको रू। ३ अर्ब ९४ लाखको ठेक्का खारेज गरेको थियो ।
योसँगै चार प्रदेश – प्रदेश ४, प्रदेश ५, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने काम हालका लागि स्थगित हुन पुगेको छ । प्राधिकरणले गत फागुनमै प्रदेश ४ र प्रदेश ५ मा अप्टिकल फाइबर बिछ्याउन युनाइटेड टेलिकमलाई दिइएको ठेक्का रद्द गरिसकेको थियो ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर ब्याकबोन नेटवर्क विस्तार गर्न २०७६ साउनमा काम सक्ने गरी प्राधिकरणले स्मार्ट टेलिकमसँग २०७४ साउन ३ गते सम्झौता गरेको थियो । गत साउनमै स्मार्ट टेलिकमको समय सकिएको भए पनि प्राधिकरणले असोज मसान्तसम्मको समय थप गरेको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले गत माघमा नेपालगञ्जबाट अप्टिकल फाइबर बिछ्याउन शुरू गरेको बताए पनि भौतिक प्रगति नदेखिएकाले स्मार्ट टेलिकमसँगको ठेक्का खारेज गरिएको बताए । उनका अनुसार ठेक्का रद्द गरिएको औपचारिक पत्र आइतवार स्मार्टलाई पठाइएको छ ।
प्राधिकरणले स्मार्टसँग हालसम्मको कार्य प्रगति विवरण मागेको थियो । ‘समय सकिँदासम्म हामीले माग गरेको कार्य प्रगति पेश नगरेपछि रद्द गर्न बाध्य भएका हौं,’ अर्यालले भने । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...