फोहोरबाट सिलिण्डरमै बायोग्याँस

पोखरा । कुहिने फोहोरलाई बायोग्याँस प्लान्टमा ल्याएर पोखरामा ग्याँस तथा प्राङ्गारिक मलको उत्पादन थालिएको छ ।
पोखरा महानगरपालिकाको मझुवामा साढे दुई वर्ष लगाएर बायोग्याँस प्लान्ट निर्माण गरिएको हो ।
उत्पादित ग्याँसलाई सिलिण्डरमै भरेर पोखराका उद्योग रेस्टुराँमा आपूर्ति गर्न थालेको गण्डकी ऊर्जा प्रालिले जानकारी दिएको छ ।
दैनिक ४५ टन फोहोर खपत क्षमताको उक्त प्लान्टबाट दैनिक दुई सय सिलिण्डर ग्याँस उत्पादन गर्न सकिन्छ तर अहिले १८ टन फोहोर खपत गरेर दैनिक ४० सिलिण्डर ग्याँस मात्र उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।
गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङका अनुसार ४० हजार घनमिटर क्षमताको प्लान्टबाट निस्कने लेदोलाई प्रशोधन गरेर प्राङ्गारिक मल समेत उत्पादन थालिएको छ ।
प्लान्टमा अहिले गाईवस्तुको गोबर, कुखुराको सुली, बँगुरको लिदी, उखुको छोक्रा, बियर कारखानाबाट निस्कने फोहोर प्रयोग गरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...