नागढुङ्गा–मुग्लिन सडक छ लेनको बन्दै – Janata Live
  • Wednesday, March 22, 2023

नागढुङ्गा–मुग्लिन सडक छ लेनको बन्दै

  • जनता लाइभ
  • कार्तिक ०४, २०७६

नागढुङ्गा–मुग्लिन सडक छ लेनको बन्दै

पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ ।

सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको अन्तिम चरणमा रहेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइनसक्दा थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको सडक विभागले जनाएको छ ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले विश्व बैङ्कको सहयोगमा निर्माण गरिने यो सडकखण्डको विस्तार कार्य आगामी जनवरीबाट सुरु गरिने जानकारी दिए ।

यो सडक विस्तारका लागि निर्माण र विश्व बैङ्कसँग ऋण सम्झौता एकैसाथ गरिने गरी प्रक्रिया अगाडि बढाइएको र अगामी वर्षको जुनसम्ममा निर्माण सम्झौता गरिने बताउँदै उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...