जहाँ जमिनको मालिक महिला मात्रै छन् – Janata Live
  • Sunday, April 2, 2023

जहाँ जमिनको मालिक महिला मात्रै छन्

  • जनता लाइभ
  • कार्तिक ०२, २०७६

जहाँ जमिनको मालिक महिला मात्रै छन्

बाँके । बाँके जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ अधिकांश जग्गा जमिनको मालिक महिला मात्रै छन् । सो गाउँमा रहेका जग्गा, जमिन, बैङ्क खाता महिलाको नाममै रहेको छ ।

त्यो हो, बाँकेको जानकी गाउँपालिका–३ स्थित बन्जारेगाउँ । नेपालगञ्जबाट करिब सात किलोमिटर पश्चिम–दक्षिणम अवस्थित सो गाउँमा मधेसी र मुस्लिम समुदायको बसोबास बढी छ । उक्त गाउँका बासिन्दासँग धेरै जग्गा जमिन नभए पनि भएजति सबै महिलाकै नाममा रहेको वडा नम्बर ३ का वडाध्यक्ष बिन्देश्वरी कुर्मीले बताए ।

सो गाउँका २५० भन्दा बढी महिलाको नाममा घर जग्गालगायतको सम्पत्ति रहेको वडाध्यक्ष कुर्मीले जानकारी दिए । आफूले पनि सबै जग्गा श्रीमती कृष्णाकुमारी कुर्मीको नाममा राखेको जनाउँदै उनले श्रीमतीलाई अधिकार सम्पन्न बनाएको बताए ।

बन्जारेगाउँका अधिकांश पुरुष मजदुरीको काम गर्छन् भने महिलाले घरभित्रको । जग्गा आफ्नो नाममा भएपछि महिलाहरू पनि खुशी छन् । स्थानीय २४ वर्षीया आश्मा वागवानले छोरा हुदाँहँुदै ससुराले आफ्नो नाममा जग्गा राखेकाले खुशी भएको बताइन् । ससुराले आफूलाई छोरी समान व्यवहार गरेको पनि उनले बताइन् । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...