भविष्यको सपना देखाएर ओरियन्सको ठगीधन्दा, निसानामा गरिब र बेरोजगार युवा – Janata Live
  • Monday, March 20, 2023

भविष्यको सपना देखाएर ओरियन्सको ठगीधन्दा, निसानामा गरिब र बेरोजगार युवा

  • जनता लाइभ
  • कार्तिक ०२, २०७६

भविष्यको सपना देखाएर ओरियन्सको ठगीधन्दा, निसानामा गरिब र बेरोजगार युवा

बर्दिया । राजापुर नगरपालिका–५ का लक्ष्मण थारुले एक वर्षअघि स्थानीय एक सहकारीबाट ब्रोइलर कुखुरा पालन गर्ने भनी एक लाख ऋण लिए। त्यही पैसाले केही कुखुरा किनेर व्यवसाय पनि थाले। त्यत्तिकैमा भारतीय नेटवर्किङ बिजनेस कम्पनी ओरियन्सको एजेन्ट भएर काम गरेमा छोटो समयमै लाखौ रुपैयाँ कमाउन सकिने सपना उनलाई देखाइयो। उनी ओरियन्सको सदस्य बन्न ९६ हजार रुपैयाँ बोकेर भारतको लखिमपुर हानिए। कुखुरा पाल्न सहकारीबाट लिएको पैसा बुझाएर उनी ओरियन्सको सदस्य बने अनि त्यहाँबाट केही औषधि पनि ल्याए। चिकित्सकसँग सल्लाह लिँदा ती शक्तिवद्र्धक औषधि भएको खुल्यो।

‘छोटो समयमै धनी बन्ने सपना देखेर कुखुरा पालन व्यवसाय छाडेर ओरियन्सको सदस्य भएँ तर धनी बन्ने सपना देखाउने सो कम्पनीले नै ठगी गरेर मलाई डुबायोे,’ उनले नागरिकसँग भने, ‘सहकारीको ऋण तिर्न अहिले मजदुरी गरिरहेको छु।’ खोर बनाएर धेरै कुखुरा पाल्ने योजना बुनेका उनी ओरियन्सको सदस्य बनेर छोटै समयमा धनी बन्ने सपना देख्दा अहिले ‘घर न घाट’ का भएका छन्।

यस्तै ठाकुरबाबा नगरपालिका–५ गोविन्दपुरका १८ वर्षीय आभासका हजुरबुवालाई खुट्टा झमझमाउने, फोका उठ्ने र घाउघटिरा आउने रोग थियो। भारतीय नेटवर्किङ ओरियन्स कम्पनीको सदस्य बनेका उनलाई कम्पनीले हजुरबुवाको रोग निको हुन्छ भनेर औषधि दियो। तर त्यो औषधिले हजुरबुवाको रोग ठीक हुनुको साटो झन् बल्झियो। आभासका बुवा भागीराम थारु अर्कैको खेत कमाउँछन्।

अरुको खेत कमाउँदा पनि उनको परिवारलाई बिहानबेलुका हातमुख जोर्न हम्महम्मे पर्छ। भागीराम मध्यपश्चिम विश्वविद्यालयमा सहयोगीका रुपमा पनि काम गर्छन्। उनकी पत्नी नेपालगन्ज बजारमा मजदुरी गर्छिन्। आभास छिमेकी सहकारी संस्थाबाट ऋण लिएर भारतीय नेटवर्किङ कम्पनी ओरियन्सको सदस्य बनेका थिए। त्यो कम्पनीले ठगेपछि ऋण तिर्न उनका सामु मजदुरी गर्नुबाहेक विकल्प छैन। यो खबर आजको नागरिक दैनिकमा छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।