श्री गणेश भगवानको फोटोलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।। #जय_देव #जय_देव #जय_मंगलमूर्ति #जय_श्रीगणेश_आरती – Janata Live
  • Sunday, April 2, 2023

श्री गणेश भगवानको फोटोलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।। #जय_देव #जय_देव #जय_मंगलमूर्ति #जय_श्रीगणेश_आरती

  • जनता लाइभ
  • कार्तिक ०१, २०७६

श्री गणेश भगवानको फोटोलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।। #जय_देव #जय_देव #जय_मंगलमूर्ति #जय_श्रीगणेश_आरती

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेको छ । तपाईँको लुवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । विद्यार्थीहरूले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ । कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महसुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाइ तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आय पनि फाइदाको लागि अलि बढी मेहनत गर्नुपर्नेछ । पढाई लेखाइमा अलि बढिनै समय दिनुपर्नेछ । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने पति पत्नी बिच अविश्वास बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा आकाङ्क्षा पुरा गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

चुनौतीहरूलाई किनारा लगाउँदै कामहरू बनाउन सकिनेछ भने राम्रा काम गर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यवसाय फस्टाएर जाने तथा व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आँटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईँको काम समयमा गरिदिने हुनाले समय र रुपैयाँ पैसाको बचत हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलता पूर्वक जिम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाई लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा हरू भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईँको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समयको ख्याल नगर्दा वा साना तिना काममा अल्झेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समयदेखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाई लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।

वृश्चिक (त्यो,ना,नि,नू,ने,नो,या,यी,यु)

विभिन्न कारणले कामहरू रोकिन सक्छ ध्यान दिनुहोला । व्यवसायमा भनेजस्तो आम्दानी नहुने तथा साझेदारी व्यवसायमा लगानी गर्नेहरूले ध्यान दिनुहोला साझेदारहरूबिच मनमुटाब सिर्जना हुनेछ । व्यावसायिक यात्रा हुने भए पनि बाटोमा दुख पाइने तथा अनावश्यक ठाउँमा खर्च हुनेछ । प्रेममा नचाहँदा नचाहँदै एक अर्काबिच छुट्टिनु पर्दा मन खिन्न हुनेछ । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कुनै पनि प्रतिस्पर्धामा तपाईँको नमः अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरू सँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईँको ईमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमत्ता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रसन्न रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

भौतिक सम्पत्ति तथा विलासी बस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाढिएर टाढाको यात्राको तय गर्नु पर्नेछ । पढाई लेखाइमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरू थाती रहनेछन् । राजनीति तथा समाजसेवीहरूले समाजमा काम देखाउन नसक्दा विश्वास जित्न अलि बढिनै समय खर्चनु पर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाई लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरू खुसी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरू तपाईकै पक्षमा आउने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...