पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो – Janata Live
  • Sunday, April 2, 2023

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

  • जनता लाइभ
  • असोज ३०, २०७६

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

काठमाडौं । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो।

पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ। नेपालपछि रहेको टर्कीमा २१.८ प्रतिशतको वृद्धिदर छ। त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९.९ प्रतिशत, चौथो स्थानको निकारागुआको १७.५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको १५.५ प्रतिशत वृद्धिदर छ।

पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

यो सङ्ख्या अहिलेसम्मकै उच्च हो। त्यस्तै सन् २०१७ को तुलनामा ७.३ प्रतिशतले बढी पनि हो। आजको गोरखापत्र दैनिकले खबर छापेको छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...