स्थानीय तहलाई शिक्षक नियुक्त गर्न रोक – Janata Live
  • Saturday, April 1, 2023

स्थानीय तहलाई शिक्षक नियुक्त गर्न रोक

  • जनता लाइभ
  • असोज ३०, २०७६

स्थानीय तहलाई शिक्षक नियुक्त गर्न रोक

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्ने अधिकार नभएको उल्लेख गरेको छ।

मन्त्रालयले सो कुरा उल्लेख गरी देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझावका आधारमा मन्त्रालयले शिक्षक नियुक्त नगर्न देशभरका नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउँपालिकालाई पत्राचार गरेको थियो। यस किसिमको ‘निर्देशन’ले संविधानले स्थानीय तहलाई दिएको अधिकार कटौती गरेको जनप्रतिनिधिले बताएका छन्।

आयोगले पर्साको जगरनाथ गाउँपालिकाको कार्यालयले राहत शिक्षक र बालविकास केन्द्रमा सहयोगी नियुक्ति विरुद्धमा परेको उजुरीका सम्बन्धमा गरेको निर्णयलाई आधार मान्दै मन्त्रालयले सो निर्देशन दिएको थियो। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...