आज बिहीबार, यी ४ राशिको राम्रो छ भाग्य, हेर्नुहोस् – Janata Live
  • Wednesday, March 22, 2023

आज बिहीबार, यी ४ राशिको राम्रो छ भाग्य, हेर्नुहोस्

  • जनता लाइभ
  • असोज ३०, २०७६

आज बिहीबार, यी ४ राशिको राम्रो छ भाग्य, हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –बाह्रौं चन्द्रमा रहेकाले प्रतिकूल समय चल्दैछ । धैर्यले काम लिने समय छ । आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । सामान हराउने वा धननाशको सम्भावना छ । भने जस्तो काम सम्पन्न हुन पनि कठिन हुनेछ, अनि आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । छात्रछात्रा र किशोरकिशोरीले सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख हुने दिन हो । मानसिक एवं बौद्धिक क्षमतामा कमी आउने छ । महिलाहरूलाई नजिकैको आफन्तले पनि आफ्ना कुरा नबुझिदिनाले दुःख लाग्नेछ । घरखर्चको मात्रामा ह्वात्तै बृद्धि हुने दिन छ । कामकाजीहरूले प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने दिन छ । प्रेम सम्बन्ध बिग्रन सक्छ । यात्राबाट फाइदा छैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–एकाबिहानै मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । लाभ भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले ढिलो गरी कार्यसम्पादन हुने दिन छ । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ । बोझिला र शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता प्राप्त हुने छैन । राज्यपक्ष र सरकारी काममा बाधा पुग्नेछ । बन्दव्यापारमा ध्यान दिनु आवश्यक छ, सानो लापरबाहीले नोक्सानी बढ्न सक्छ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । छात्रछात्राले मिहिनेत गर्ने समय हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय निकालेमा कर्मसिद्धि हुनाले व्यवसायमा प्रगति हुनेछ । व्यवसायिक यात्राका लागि उचित समयको योग छ । आफ्नो काममा तल्लीन हुनुपर्ने छ, दिन बितेको पत्तो पाइने छैन । काम गर्दा कुनै दुविधा भएमा जान्नेबुझ्ने वा अनुभवीको राय लिनु पर्छ, सफलता मिल्नेछ । आज कर्मक्षेत्रमा सबल चन्द्रमा रहेकाले नोकरी, बन्दव्यापार वा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा अनुभवी व्यक्तित्वका साथमा अति सुमधुर सम्बन्ध कायम हुनेछ । छात्रछात्राले कर्मसिद्धि गर्ने समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–भाग्यमा चन्द्रमा छ, तर धेरै आशावादी हुने दिन छैन । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । आर्थिक सङ्कट हुनाले योजना स्थगित हुनसक्छ । छात्रछात्रा मनोरञ्जनमा अल्मलिने दिन हो, कामदारहरूले पनि व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुनसक्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । यद्यपि आँट र हिम्मतका साथमा अघि बढेमा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । मिहिनेत गर्दा एउटै कामबाट दोहोरो फाइदा मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । विशेष योजनाहरू सफल हुने दिन छ, गोपनीयतालाई ध्यान दिने वेला हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –शरीरमा आलस्य, भ्रम र रिसरागले डेरा जमाउने दिन छ । अष्टम चन्द्रमा भएकाले मेसिन, कलपुर्जा, सवारी साधन र हतियार चलाउँदा होस् राख्नु राम्रो हुन्छ । युवाउमेरका व्यक्तिहरूले तुजुक र बल देखाउने दिन हो, तर बेकारको विवादमा फँस्न सकिन्छ, व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, बोलीमा नियन्त्रण गरेको राम्रो हुन्छ । कुनै पनि नयाँ काम थालनी गर्दा शुभफल पाउन सकिंदैन । व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । सामाजिक र परोपकारका मार्गमा जस पाइँदैन, कडा मिहिनेत गरेमा मात्र छात्रछात्रा सफल हुने परिस्थिति बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–आज भावनाप्रधान दिन हो । प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । प्रायः सबैका लागि दिन मनोरञ्जनपूर्ण रहनेछ, अनि भ्रमण, पर्यटन, आनन्द र रमणीयताका लागि धन खर्च हुनसक्छ । खासगरी विद्यार्थीहरूको रमाइलो र रमझममा समय व्यतीत हुने हुँदा मुख्य काम प्रभावित बन्ने समय छ । तर जहाँ पुगे पनि आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । कामदारहरूका लागि व्यावसायिक यात्राको सम्भावना देखिन्छ, आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ साथी वा साझेदार बनाउन पाइने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–तर्क, बहस र वादविवादमा संलग्न हुने समय चल्दैछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । आफन्त, मित्रवर्ग, सहयोगीहरू तपाईंको साथमा हुनेछन् । स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुनेछन् । छात्रछात्रालाई साथीभाइले सकेको मद्दत गर्नेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता बढे पनि कुनै नयाँ कामधन्दाका लागि काम गर्ने वातावरण सिर्जना हुन्छ । खासगरी विद्यार्थीहरूका लागि बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, प्रायः सबैले आज बौद्धिक र प्राज्ञिक क्षेत्रमा समय प्रदान गर्नेछन् । उता गृहिणीहरूमा भोगविलासप्रति आशक्ति बढ्न सक्छ वा कुनै तिर्सना जाग्नाले मन विरक्तिन सक्छ, त्यस्तै सन्ततिको उन्नतिप्रगति र पठनपाठनप्रति चिन्तित बन्न सक्नुहुन्छ । दैनिक कामकाज र बन्दव्यापारमा राम्रै छ । मानप्रतिष्ठा प्राप्तिका प्रयास हुनेछन् । मान्यजनबाट प्राप्त सल्लाहालाई मान्नु आजका लागि उपयोगी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –चौथो चन्द्रमाले स्वास्थ्यसम्बद्ध समस्या ल्याउनसक्छ, तर डराई हाल्ने परिस्थिति छैन । धैर्यले काम लिने समय छ । घरगृहस्थी र पारिवारिक रमझममा समय व्यतीत हुनेछ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरूले घरायसी कुरा सम्झेर दिन बिताउने छन् । विद्यार्थीहरूको प्रतिस्पर्द्धात्मक समय छ, चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । व्यापारीहरूका लागि बन्दव्यापारमा राम्रो छ, आकस्मिक धन प्राप्तिको योग छ, अथवा कसैको अप्रत्यासित सहयोग प्राप्त गर्न सक्नुहुन्छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । पतिरपत्नी र प्रेमीरप्रेमिकाका बीचमा निकटता बढ्ने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ । छात्रछात्राहरू दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुने समय छ, विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । प्रतिस्पर्धामा सफल भइने छ, प्रतिस्पर्धी परास्त हुनेछन् । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । बन्दव्यापार र क्रयविक्रयबाट लाभ मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रायः सबैलाई सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । परिश्रम र पराक्रम गरेबमोजिम समाजमा सम्मान र साख बढाउन सकिने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, त्यसैले सचेत रहनुपर्छ । कृषि, पशुपालन र झिनामसिना घरायसी काममा समय दिनु पर्ने हुन्छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन र श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ । छात्रछात्रा विवादमा रुमल्लिन सक्छन्, पढाइलेखाइमा समय दिन सक्दैनन् । आज प्रायः सबैले बोलीमा संयमता अपनाउनु राम्रो हुन्छ । मनमा घमण्ड, अहङ्कार र अतिविश्वास जागृत हुने दिन भएकाले जुनसुकै काम गर्दा जानकार र अनुभवी व्यक्तिको सुझाव प्राप्त गर्नु बेस हो । मनोरञ्जन र विलासिताका क्षेत्रमा धनखर्चको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–आफ्नै राशिमा चन्द्रमा रहेको छ, आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । बन्दव्यापारका अन्य क्षेत्रमा समेत लाभ मिल्नेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । छात्रछात्राका लागि पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति हुनेछ । व्यापारीहरूका लागि आर्थिक पक्ष सुदृढ बन्नेछ । कर्मचारी र कामदारले न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा सफलता पाउने दिन छ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...