एनआरएनएमा असन्तुष्टि बढ्दोः संस्थापक अध्यक्ष महतो भन्छन्, राजनीतिक समूहजस्तो बन्यो – Janata Live
  • Wednesday, March 22, 2023

एनआरएनएमा असन्तुष्टि बढ्दोः संस्थापक अध्यक्ष महतो भन्छन्, राजनीतिक समूहजस्तो बन्यो

  • जनता लाइभ
  • असोज २९, २०७६

एनआरएनएमा असन्तुष्टि बढ्दोः संस्थापक अध्यक्ष महतो भन्छन्, राजनीतिक समूहजस्तो बन्यो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको राजनीतिक अन्तरविरोध छताछुल्ल भएको छ।

संघको मंगलबारदेखि काठमाडौंमा जारी नवौं महाधिवेशनमा अधिकांश उम्मेदवारहरू राजनीतिक पृष्ठभूमिबाट आएको भन्दै यसका केही अभियन्ताहरूले असन्तुष्टि पोखेका छन्।

यसको अग्रपंक्तिमा संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो नै देखिएका छन् । उनले राजनीतिक खिचातानी बढेको भन्दै मंगलबार सम्मेलन नै बहिष्कार गरे ।

यस विषयमा नेपाल समाचारपत्रसँग कुरा गर्दै उनले संघमा पछिल्लो समय राजनीति मौलाउँदै गएकाले आफू यसविरूद्ध उत्रेको प्रतिक्रिया दिए । ‘अनावश्यक राजनीतिक हस्तक्षेप बढेकाले उपस्थित नभएको हुँ, पहिलेभन्दा यसपटक राजनीति बढी नै भएजस्तो लाग्यो।’ –महतोको भनाइ थियो।

संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गराउन स्थापित संस्थामा राजनीति बढ्दै गएकोमा रोष प्रकट गर्दै संस्थापक अध्यक्ष महतोले प्रतिप्रश्न गरे– ‘विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप, क्षमता तथा पूँजीलाई मातृभूमिको विकासमा लगाउनुपर्ने संस्था नै राजनीतिक समूहजस्तो बनेपछि देशको विकास कसरी हुन्छरु’ यो समाचार आजको नेपाल समाचारपत्रमा परिवर्तन देवकोटाले लेखेका छन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।