कमसल खानाले बढ्दैछ कलिलैमा मोटोपना – Janata Live
  • Saturday, April 1, 2023

कमसल खानाले बढ्दैछ कलिलैमा मोटोपना

  • जनता लाइभ
  • असोज २९, २०७६

कमसल खानाले बढ्दैछ कलिलैमा मोटोपना

काठमाडौं । मुलुकमा ५ देखि १९ वर्षमा बालबालिका र किशोर किशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ गुणाले बढेको छ । यो समस्यामा कमसल खानाले गर्दा बढेको हो ।

‘विश्वमा बालबालिकाको अवस्था २०१९–बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको स्वास्थ्यलाई बिगारिरहेको निष्कर्ष छ ।

नेपालमा ५ देखि १९ वर्ष समेर समूहका १३ जनामध्ये १ जनामा मोटोपनाको समस्या छ । प्रतिवेदन अनुसार बढी तौल र मोटोपना आर्थिक अवस्था र घरको खाद्य सुरक्षासँगै बढ्ने गर्दछ । सम्पन्न र शहरियाहरुमा मोटोपना हुने सम्भावना बढी रहेको छ ।

नेपालका करिब ३६ हजार बालबालिका मोटोपनाको समस्या छ । यो समाचार आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको छन् ।

Loading...
Loading...
Loading...