त्रिविमा २१ अर्ब बेरुजु, १० करोड रुपैयाँ कहाँ हरायो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ । त्रिविको बजेट भन्दा बढी बेरुजु रकम देखिएको हो । महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १३१ वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ ।
त्रिविले हालसम्म पश्चिम क्षेत्रका सम्पूर्ण क्याम्पस र एकाइ तथा उपत्यका र केन्द्रमा रहेका अधिकांश विभाग, डीन कार्यालय, संकाय, अध्ययन संस्थानको आन्तरिक लेखा परीक्षण गरिसकेको जनाएको छ ।
‘उपत्यकाका सबै निकायको नौ महिनाको आलेप सम्पन्न गरी आइतबारबाट पूर्वाञ्चलको आलेपको काम शुरू गरेका छौं’, रजिस्ट्रार दिल्लीराम उप्रेतीले भने, ‘कात्तिक महिनाभित्र सम्पूर्ण निकायको आलेप सम्पन्न गरी कार्यकारी परिषद्मा पेस गर्ने तयारी भइरहेको छ ।’
त्रिविले करिब ८५ करोड रुपैयाँ बराबरको बेरुजु सम्परीक्षण सम्पन्न गरेको छ । करिब ९ करोड रुपैयाँ बढी खर्च भएकोमा ७ करोड रुपैयाँ बराबरको आलेप सम्पन्न गरी त्रिवि कार्यकारी परिषद्मा पेस गरेको छ । यो खबर नेपाल समाचारपत्रले छापेको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...