बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ – Janata Live
  • Saturday, April 1, 2023

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ

  • जनता लाइभ
  • असोज २८, २०७६

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ

काठमाडौं । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदलाई प्रहरीले प’क्राउ गरेको छ ।

सोमबार बिहान साढे ११ बजेको बुद्ध एयरको विमान २ बजेसम्म पनि नआएपछि आक्रोशित हुँदै तोडफोड गरेका थिए । व्यवस्थापन पक्षले लापरबाही गरेका कारण यात्रुले दु:ख पाएको भन्दै उनी बुद्ध एयरका कर्मचारीसँग आक्रोशित बनेका थिए।

‘जिल्ला प्रहरी धनुषामा उनीविरुद्ध मुद्दा दर्ता भएको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भए लगत्तै प’क्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रवक्ता रामेश्वर कार्कीले भने ।

बुद्ध एयरको काउन्टरमा यस्तो घटना भएपछि नेपाल वायुसेवा सञ्चालक संघले सात दिनभित्र दोषीलाई कारबाही नगरे उडान बन्द गर्ने चेतावनी दिएको थियो ।

उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेका थिए ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...