विमानस्थल भित्रै सांसद साहले गरे तोडफोड – Janata Live
  • Wednesday, March 22, 2023

विमानस्थल भित्रै सांसद साहले गरे तोडफोड

  • जनता लाइभ
  • असोज २८, २०७६

विमानस्थल भित्रै सांसद साहले गरे तोडफोड

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले सोमबार दिउँसो जनकपुर विमानस्थलमा तोडफोड गरेका छन्।

उनले बुद्ध एयरको काउन्टर र विशिष्ट पाहुना कक्षको टेबल तोडफोड गरेका हुन्। जनकपुरबाट काठमाडौंका लागि ११ः४० बजेको उडान समय तोकिएको बुद्ध एयरअको ५१० एटीअवार ७२ का लागि बोर्डिङ पास लिएर सांसद साह विशिष्ट पाहुना कक्षमा बसेका थिए।

‘एयरक्राफ्ट होल्डमा परेकाले निर्धारित समयभन्दा ढिला हुने जानकारी निरन्तर गराइरहेका थियौं,’ बुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले भने, ‘सबै यात्रु शान्तिपूर्वक बसिरहनुभएको थियो, सांसद प्रमोद साहले भने विशिष्ट कक्षबाट जंगिँदै आएर हाम्रो काउन्टरको सिसा फुटाउनुभयो।’

नियमित पाँच उडान रहेको जनकपुरमा आइतबार सबै उडान रद्द् भएपछि सोमबार उडान थप गरिएकाले एयर ट्राफिक बढेको र उडानमा ढिलाइ भएको बताउँदै सिंहले सांसद जस्तो मान्छे तोडफोडमा उत्रिनु दुःखद भएको उल्लेख गरे। यो खबर नागरिक दैनिकमा छ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...