सर्वोच्चको ताकेताले पक्राउ परे घाइतेलाई ज्युँदै जलाउने आलम – Janata Live
  • Monday, March 20, 2023

सर्वोच्चको ताकेताले पक्राउ परे घाइतेलाई ज्युँदै जलाउने आलम

  • जनता लाइभ
  • असोज २८, २०७६

सर्वोच्चको ताकेताले पक्राउ परे घाइतेलाई ज्युँदै जलाउने आलम

काठमाडौं । नेपाली कांगे्रस रौतहटका नेता तथा संघीय प्रतिनिधिसभा सदस्य मोहम्मद आफताब आलमलाई किन पक्राउ नगरेको भन्दै सर्वोच्च अदालतले बारम्बार ताकेता गरेपछि प्रहरीले आइतबार पक्राउ गरेको छ। बम बनाउने क्रममा विस्फोट भई घाइते भएका आठजनालाई जलाएर मारेको आरोप लागेका आलमलाई सर्वोच्च अदालतले २०६९ जेठ १६ गते पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको भए पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको थिएन।

पीडितहरुले सर्वोच्चको आदेश कार्यान्वयन नभएको भन्दै गृह मन्त्रालय र नेपाल प्रहरीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेलगत्तै सर्वोच्चले के कारणले पक्राउ नगरेको भन्दै प्रहरीलाई पत्र लेखेको थियो। बारम्बार पत्र लेख्दा पनि पक्राउ नपरेपछि सर्वोच्चले केकति कारण पक्राउ नगरेको, पक्राउ नगर्नुको कारण खुलाएर पठाउनु र कति समयमा पक्राउ पर्छन् वा पर्दैनन्, त्यसको मासिक विवरण पठाउनू भनेको थियो।

अदालतले नै मासिक प्रगति विवरण पठाउनू भनेपछि प्रहरी प्रधान कार्यालयले रौतहट प्रहरीलाई पक्राउ गर्न आदेश दिएको थियो। रौतहट प्रहरीले निगरानी गरिरहेका बेला प्रहरी प्रधान कार्यालयबाट पनि थप निगरानीका लागि टोली खटाइएको थियो। दुवै टोलीको सक्रियता बढेपछि उनी पक्राउ परेका हुन्।

‘अवहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतले मासिक प्रगति विवरण मागेर पक्राउ नपर्नुको कारण खुलाउन भनेको छ। त्यसकारण उनलाई पक्राउ गर्न प्रहरी बाध्य भएको हो’, स्रोतले भन्यो। स्रोतका अनुसार आठ वर्षपछि पक्राउ गर्नुका पछाडि केही राजनीतिक कारण पनि जोडिएला तर अनुसन्धान गर्नचाहिं प्रहरीलाई कसैले रोकेको थिएन। यो खबर नागरिक दैनिकमा छ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...